कपिलवस्तु । खोटाङको ऐँसेलुखर्क गाउँपालिका–३ मा चट्याङले तीन जना गम्भीर घाइते भएका छन्।ऐंसेलुखर्कस्थित पातेलका मोहन भुजेलको छोरा २१ वर्षीय डेनिस भुजेल र दुर्गानाथ भुजेलकी छोरी छ वर्षीया अनिशा भुजेल तथा ओडारेका टेकबहादुर दर्जीकी छोरी १५ वर्षीया समीक्षा दर्जी घाइते भएका हुन् । चट्याङले गम्भीर घाइते भइ बेहोश बनेका तीनैजनालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क पुर्‍याएको प्रहरीले जनाएको छ ।

तीनैजनाको उपचार प्राथमिक स्वास्थ्य केन्द्र ऐंसेलुखर्कमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कका प्रमुख प्रहरी निरीक्षक हरि बरालले जानकारी दिए। ‘उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार तीनैजनाको अवस्था खतरामुक्त छ’, उनले भने,‘रातको समयमा परेको चट्याङको थप क्षतिको विवरण भने आउन बाँकी छ।’चट्याङले विद्युतीय सामग्रीमा ठूलो क्षति पुर्‍याएको ऐंसेलुखर्क गाउँपालिकाका प्रवक्ता टेकेन्द्र राजभण्डारीले जानकारी दिए।