कपिलवस्तु । प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकोप्टर बिग्रिएको छ । बिहान काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोहमा पुगेका ओली चढेको हेलिकोप्टर बिग्रिएपछि अर्को हेलिकोप्टरमा फर्किएका छन् ।ओली नेपाली सेनाको अगष्टा हेलिकोप्टरमा दीक्षान्त समारोहमा सहभागी हुन गएका थिए । फर्कने बेलामा प्राविधिक समस्या देखिएपछि प्रधानमन्त्रीलाई लिन सेनाको एमआई १७ हेलिकोप्टर गएको थियो ।“अगष्टा हेलिकोप्टरमा सामान्य प्राविधिक समस्या देखिएपछि प्रधानमन्त्रीलाई लिन अर्को हेलिकोप्टर गएको हो,” नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले भने, “एमआई १७ हेलिकोप्टरमा प्रधानमन्त्री काठमाडौं फर्किसक्नु भएको छ ।”