कपिलवस्तु । रुपन्देहीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । सोमबार भारत उत्तर प्रदेश घर भएका ३२ वर्षीय जाबेद अख्तरको करेन्ट लागेर मृत्यु भएको हो ।जिल्लाको सिद्धार्थनगर नगरपालिका–१ बेलहिया भन्सार कार्यालयको पछाडि नयाँ बन्दै गरेको भवनमा लेवर काम गर्ने उनी पानी तान्ने मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।भैरहवा मेडिकल कलेजमा उनको उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।