कपिलवस्तु । धौलागिरि हिमश्रृंखलाको मानापाथी हिमालमा हिमपहिरो गएको छ । शुक्रबार दिउँसो गएको हिमपहिरोले थासाङ गाउँपालिका(२ मा बोक्सीखोला थुनिएको छ ।गाउँपालिकाका प्रवक्ता गौतम शेरचनका अनुसार मानापाथी हिमालमा गएको हिमपहिरो मूलखर्क हुँदै छिप्लुङसम्म आइपुगेको छ । ‘यो हिउँदमा चौरी र वर्षामा गाई चरन हो’ उनले भने, ‘मानवीय क्षति त छैन, गाईहरुलाई केही भयो कि भन्ने छ ।’

हिमपहिरोले बोक्सीखोला पनि थुनिएको छ । यो खोला तल गएर कालीगण्डकी नदीमा मिसिन्छ ।सम्पूर्ण खोला थुनिएको हो, करिब ८० प्रतिशत जस्तो थुपिएको छ’ उनले भने, ‘एकै पटक आयो भने तल बेली ब्रिजनिर रहेको १०(१२ घरमा क्षति पुग्नसक्छ । हामीले सतर्क गराएका छौं ।’मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीका अनुसार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा टोली गएको छ ।