काठमाण्डौ ।

बुधबार त्रिभुवन विमानस्थलमा विमान दुर्घटनामा परेको सौर्य एयरलायन्सको बीमा प्रभु इन्स्योरेन्समा गरेको पाइएको छ । सौर्य एयरको दुर्घटनामा परेको जहाज दुर्घटनापछि प्रभु इन्स्योरेन्सले ३० करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने छ । सौर्यले ३० करोडमा खरिद गरेको क्यानाडेली कम्पनी बम्बाडियरको सीआरजे २०० जहाज प्रभुमा बिमा गरेको थियो ।

जहाजको भग्नावशेष काम नलाग्ने स्थितिमा रहेका कारण ३० करोड रुपैयाँ हाराहारीको दाबी भुक्तानी गर्नुपर्नेछ । यो बिमानको पुनर्बिमा विदेशी कम्पनीमा गरिएको छ । जसकारण सबै भुक्तानी दायित्व प्रभुले बेहोर्नु पर्ने छैन । प्रभु इन्स्योरेन्सले दायित्वमा ३० करोड रुपैयाँमध्ये ०.३ प्रतिशत अर्थात् ९ लाख रुपैयाँ पर्ने भएको छ । बाँकी ९९.७ प्रतिशत दायित्व बेलायती पुनर्बिमा कम्पनीले बेहोर्नेछ ।

बुधबार सौर्य एयरको विमान दुघर्टनामा परेर १८ जनाको मृत्यु भएको छ । जहाज मर्मतका लागि पोखराको उड्दै लाग्दा जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटना भएको हो । दुर्घटनामा १८ जनाको शव संकलन गरिएको छ भने एक जना घाइतेको उद्धार गरिएको छ ।

यसैगरी मृतक सबै यात्रुको प्रतियात्रु २० हजार अमेरिकी डलर बराबरको बिमा गरिएको छ ।