कपिलवस्तु । तिलोत्तमा २ शंकरनगर चोकमा दुई स्कुटी एक आपसमा जुद्दा २ जना घाइते भएका छन । गयराती करिब ८ बजे बुटवल हुदै भैरहवा तर्फ आउदै गरेको लु ७० प ६७७ र सोही दिशा तर्फ जादै गरेको लु ५ १प ४४४२ नम्बरको स्कुटर तिलोत्तमा २ स्थित सिक्सलेन सडकमा ठोक्किएका थिए ।

दुर्घटनामा परि तिलोत्तमा १ ड्राइभरटोल निवासी ६० बर्षिय पुष्परत्न मल्ल गंभीर घाइते भएका छन् । उनको टाउँको, अनुहार र छातीमा गम्भिर चोट लागेकोले क्रिमसन अस्पतालमा ल्याई भेन्टिलेटरमा राखेर उपचार भैरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी लु ७० प ६७७ का चालक अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा न ५ बस्ने अन्दाजी ३५ बर्षिय विकल्प भट्टराईको दुवै खुट्टामा सामान्य चोट लागेको र उनको उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ ।