दिपिका सुनार, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका १ बुङ्गचीमा अवस्थित सिद्धार्थ क्याम्पसमा छैठौं प्रोजेक्ट मिट कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम विएड तेस्रो बर्षमा स्वास्थ्य शारिरीक शिक्षा मूल विषय लिई अध्ययनरत विधार्थीहरुको आयोजनामा विहिबार सम्पन्न भएको हो । उक्त कार्यक्रम अन्तर्गत महिलातर्फ खो९खो र पुरुषतर्फ सटफुट खेल खेलाईएको थियो । दुवै खेलमा कक्षा ११ का विधार्थीहरुको सहभागिता रहेको थियो ।

खोखोमा कुस्मा विकको टोलीले प्रथम स्थान हासिल गरेको थियो भने मनिसा विसीको टोलीले द्धितीय स्थान हासिल गर्यो । सटफुटतर्फ कक्षाका ११ का आशिष मगर प्रथम, सुर्य सुनार द्धितीय र झविन्द्र पुन मगरले तृतीय भए । खेलका विजेताहरुलाई नगदसहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

उक्त कार्यक्रम अन्जली थारुको अध्यक्षता, क्याम्पस प्रमुख वेदराम अर्यालको प्रमुख अतिथ्यता, सहायक क्याम्पसहरु प्रमुख कलम पोख्रेल, गोविन्द खनाल, स्वास्थ्य शारिरीक शिक्षा विभागीय प्रमुख राजकुमार अर्याल, स्वास्थ्य शारिरीक शिक्षाका प्रशिक्षक रामप्रसाद गिरीको विशिष्ठ आतिथ्यता, प्राध्यापक रोमाकान्त घिमिरेको, स्ववियू पदाधिकारी लगायतको आथित्यतामा सम्पन्न भएको हो ।

कार्यक्रमका वक्ताहरुले यस्ता कार्यक्रमले विधार्थीहरुलाई सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक रुपमा रुपान्तरण गर्दै ज्ञान हासिल गर्न मद्दत मिल्ने बताएका थिए । यस्ता कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी बनाउँदै निरन्तरता दिनुपर्ने उनीहरुको जोड थियो । कार्यक्रमको संचालन दिपिका सुनारले गरेकी थिईन् ।