रिता खनाल,
कपिलवस्तु ।
बुटवलकाे खुशी जीवन नेपाल संस्थाले आज देवदहमा कपडा वितरण गरेकाे छ । समाज परिवर्तन हाम्रो उदेश्यलाई आत्मसाथ गर्दै हिडेकाे उक्त संस्थाले सामाजिक सचेतना मुलुक कार्यक्रम गर्दै आज देवदह नगरपालिका स्थित वडा न.६ केवलीमा रहेको श्री सरस्वती आधारभुत विद्यालयमा अध्यन गर्ने गरिब, दुखी तथा निम्न वर्गका विद्यार्थीहरुलाई न्यानाे कपडा वितरण गरिएको हाे।उक्त संस्थाका अध्यक्ष महेन्द्र विस्वकर्मा , सल्लाहकार, ज्ञानबहादुर गहतराज , सदस्यहरु, सुरेन्द्र चौधरी, आरती केसी, मन्जु सुनार , आशिक विस्वकर्मा, विद्यालयकी पुर्व स प्रध्यापक अनिता बुढाथोकी , र देवदह वडा न.४ का सदस्य मान बहादुर थारु , उक्त विद्यालयका प्रध्यापककाे उपस्थितिमा ७० जना विद्यार्थीहरुलाई कपडा वितरण गरिएको संस्थाका अध्यक्ष महेन्द्र विस्वकर्माले बताउनुभयो । कपडा पाएपछि विद्यार्थीहरु हर्षित भएका थिए । समाज परिवर्तन हाम्रो उदेश्य लिएर हिडेकाे संस्थाले सचेतनामुलक सडक नाटक प्रस्तुत गर्नुका साथै असहाय ,विपन्न , समुदायमा आधारित सेवा मुलक कार्यहरु गर्दै आएकाे छ । दुखीकाे भगवान् बनेकाे छ । आगमी दिनमा यस महान कार्यकाे लागि स्थानिय निकाय प्रदेश संघ संस्था पत्रकारले पनि सहयोग गरिदिन आग्रह समेत गरेकाे छ ।