कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा बलेरो बलेरो अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार राति बाणगंगा जिनुवा हुदै डोटे सडकखण्डमा दुर्घटनामा लु.२ च ७३८७ नम्बरको बलेरो चालक गजेडा का ४५ वर्षीय रूदनाथ रौताहारको मृत्यु भएको पिपरा प्रहरी प्रमुख गोपाल रायमाझीले बताउनुभयो ।दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रमुख रायमाझीले बताउनुभयो ।