भैरहवा ।

रुपन्देहीको रोहिणी गाउँपालिकामा एक हप्ताका लागि विद्यालय बन्द हुने भएको छ।

शीतलहरको प्रकोप समेतले विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै एक हप्ता विद्यालय बन्द गरिएको गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले बताए।

उनका अनुसार पुस २३ देखि पुस २९ गतेसम्म विद्यालय बन्द हुने भएको छ। वर्षे बिदाबाट कट्टी हुने गरी गाउँपालिकाअन्तर्गत रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय र मदरसा बन्द रहने अध्यक्ष यादवले जानकारी दिए।