कपिलवस्तु ।

कपिलवस्तुमा सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

बिहीबार साँझ कपिलवस्तु नगरपालिका १० पचेहरामा मोटरसाईकल र ट्याक्टर एकआपसमा ठोकिदाँ मोटरसाइकल चालक प्रदेशी कशौधनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लु ५ प ६७४९ नम्बरको मोटरसाईकल र लु २ त ११६४ नम्बरको ट्याक्टर आपसमा ठोकिदाँ सो दुर्घटना भएको हो । दुर्घटनामा गम्भिर घाईते भएका कशौधनको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको प्रहरी स्रोतले बताएको छ । घटनाबारे थप अनुशन्धान भैरहेका छ ।