कपिलवस्तु ।

कपिलवस्तुको वाणगंगा नगरपालिकाबाट प्रहरीले लागु औषध सहित एक जना पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले वाणगंगा नगरपालिका वडा नं. २ कप्‍टैया स्थित लखनचोक मेचकुरी सडक खण्डको सडक किनारमा बसी रहेको अवस्थामा संका लागि सोधपुछ तथा चेकजाँच गर्ने क्रममा निजबाट १९ पुरिया करिब १ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने लागु पदार्थ सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वाणगंगा नगरपालिका वडा नं. २ कप्‍टैया बस्‍ने वर्ष २८ का अमित वि.क रहेको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिएका छन् ।

वि.क लाई पक्राउ गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।अहिले पछिल्लो समयमा ईलाका प्रहरी कार्यालय पिपराले लागु पदार्थ दुर्व्यसनी न्यूनीकरण तथा रोकथाममा विशेष अभियान चालेको पक्राउ पर्ने व्यक्तिहरुको तथ्याङ्कले समेत देखाएको छ ।