कपिलवस्तु ।

लक्ष्मणघाट सामाजिक बिकास केन्द्रको आयोजनामा बिगत बर्षहरुमा झै यस बर्ष पनि यही मंसिर ११ देखी १३ गते सम्म तिन दिने लक्ष्मणघाट पुर्णिमा मेला तथा विविध साँस्कृतिक कार्यक्रम २०८० को आज दोस्रो दिन दुना टपरी गास्ने प्रतियोगिता सप्पन्न भएको छ। १४ जनाको सहभागीता रहेको उक्त दुना टपरी गास्ने प्रतियोगितामा पबित्रा थापा ले प्रथम स्थान हासिल गरेकी छ्न। त्यस्तै पबित्रा पोखरेल दृतिय ,पुस्पा काउचा तृतीय र दुर्गा अधिकारीले सान्त्वना स्थान हासिल गर्न सफल हुनुभएको आयोजकले जनाएको छ ।


मंसिर ११ देखि चलेको उक्त पुर्णिामा मेला यहि मङ्सिर १३ गतेसम्म सन्चालन हुने छ ।मुख्य  आकर्षक  पिङ, बाल उद्दान, ब्यापारिक स्टल,  साथै सांस्कृतिक कार्यक्रम तर्फ स्थानीय तथा रास्ट्रीय कलाकारको बेजोड प्रस्तुति रहने आयोजकले जनाएलो छ।