साझा डायरी, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाबाट हराएका दुई बालिकाको सकुशल उद्धार गरिएको छ ।

बाणगंगा नगरपालिकाको वडा नम्बर १ र २ बस्ने ति दुई बालिका गत भदौ २९ शुक्रबार बिहान बिद्यालय जान्छु भनेर हिडेका र सोही क्रममा हराएका थिए ।

ईलाका प्रहरी कार्यालय पिपराको टोलीले उनीहरुलाई बुटवलबाट उद्धार गरेको हो ।