काठमाडौँ ।

वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।

हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।

शंखमूलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र उद्योगमा सक्रिय थिए ।

नेपाली चलचित्रमा ‘खलनायक’को भूमिकालाई पनि नायकसरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काइँला’ नामले विशेष चर्चित थिए । उनका परिवारका अन्य सदस्यहरू भारतको मुम्बईमा बस्दै आएका छन् ।