काठमाडौँ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ ।

आज दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु तथा कुहिरो रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

आज राति तराई भूभागका थोरै स्थानमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहनेछ ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।