१६ माघ, काठमाडौं ।

श्रीमतीको हत्या गरेर श्रीमान् आफैं प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका छन् ।

प्रहरीमा आत्मसमर्पण गर्ने व्यक्ति ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनादे पाख्रिन रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रहरीका अनुसार उनले २३ वर्षीया श्रीमती कोपिला पाख्रिनको हत्या गरेका हुन् । श्रीमतीको हत्या गरेपछि उनी टिकाभैरव प्रहरी चौकी पुगेर आत्मसमर्पण गरेका जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मदिरा सेवनपछि दुवैबीच विवाद हुँदा विनादे पाख्रिनले चिर्पटले हानेर श्रीमतीको हत्या गरेका हुन् । हत्या पश्चात् उनलाई खाटमा सुताएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

घटना शुक्रबार बिहानको हो । श्रीमतीको हत्या गरेपछि ‘मैले श्रीमती हत्या गरेँ’ भन्दै उनी प्रहरी कार्यालय पुगेको प्रहरीले जनाएको छ ।