काठमाडौँ ।

कैलाली प्रहरीले आफ्नै पत्नीको हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका-१३, राजपुर डेरा गरी बस्ने र सोही उपमहानगरपालिका-८ का मूल निवासी सतिङ दाहाल पक्राउ परेका हुन् । मृतक हिरा दाहाल ३० वर्षीया थिइन् ।

घटनाका अनुसार, घरायसी विवादका क्रममा सतिङले श्रीमती हिरालाई कुटपिट गरेका थिए, जसबाट उनी गम्भीर घाइते भएकी थिइन् । उनलाई सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सेती प्रादेशिक अस्पताल नजिकैबाट सतिङ दाहाललाई पक्राउ गरेको छ ।

प्रहरीले घटनासम्बन्धी आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ ।