बाणगंगा । बाणगंगा नगरपालिका–८ मधुवनस्थित मधुवन सामुदायिक वन उपभोक्ता समूहले आज एक कार्यक्रमका बीच २०० जना जेष्ठ नागरिकलाई जाडोबाट बचाउन बलांकेट वितरण गरेको छ। साथै करिब २५० विद्यार्थीलाई ट्र्याकसुट तथा पाँचवटा टोलका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री पनि वितरण गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि जेष्ठ नागरिक संघ बाणगंगाका अध्यक्ष भेषराज कुँवरले भने, “मधुवन सामुदायिक वनले जेष्ठ नागरिकलाई चिसोबाट बचाउने र विद्यार्थीलाई प्रोत्साहन गर्ने उदाहरणीय कार्य गरेको छ।”

कार्यक्रम वनका अध्यक्ष दीपक सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो।अध्यक्ष साप्कोटाले भने, “सामुदायिक वन केवल काठ–दाउरा व्यवस्थापनको संस्था होइन, समाज र समुदायका आवश्यकता अनुसार सहयोग गर्ने सामाजिक उत्तरदायी संस्था हो। जेष्ठ नागरिक तथा बालबालिकाको आवश्यकता पहिल्याइ आगामी दिनमा थप कार्यक्रम अघि बढाइनेछ।”

बलांकेट प्राप्त गरेका जेष्ठ नागरिकहरूले जाडोमा राहत पुगेको भन्दै सामुदायिक वनप्रति आभार व्यक्त गरेका थिए।

उक्त कार्यक्रममा वनका पूर्वअध्यक्ष तथा सल्लाहकार शान्तविक्रम पौडेल, समाजसेवी, लेखा संयोजकलगायतको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन वनकी सचिव देवकला सुनारले गरेकी थिइन्।