कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नं. २ मा रहेको मुना सामुदायिक वन उपभोक्ता समूहले आज एक कार्यक्रम आयोजना गरी जाडोबाट बच्नका लागि ब्ल्याङ्केट वितरण गरेको छ।

वनका उपभोक्तामध्ये ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा एकल महिलालाई लक्षित गरी करिब ६० जनालाई ब्ल्याङ्केट वितरण गरिएको हो।

वितरण कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष विष्णु पौडेलले सामुदायिक वनले सामाजिक उत्तरदायित्व बहन गर्दै विपन्न तथा जाडो प्रभावित नागरिकलाई सहयोग गर्नु सराहनीय कार्य भएको बताउनुभयो। यस्ता कार्यक्रमले समुदायबीच आपसी सहयोग र एकताको भावना बढाउने उहाँको भनाइ थियो।

कार्यक्रममा वडा सदस्य झिमलाल साप्कोटा, सब–डिभिजन वन कार्यालयका रेन्जर लगायतको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमको जानकारी मुना सामुदायिक वनका सदस्य विष्णु प्रसाद घिमिरेले दिनुभएको हो।कुशल थापाको अध्यक्षतामा गर्नुभएको थियो।