काठमाडौँ ।

देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

आज राति तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

तराई भू–भागमा हुस्सु तथा कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।