गुल्मी ।

अनलाइन जागीरमार्फत रकम कमाउन सकिन्छ भनी विभिन्न प्रलोभन देखाएर रकम ठग्ने दुई जना पक्राउ परेका छन् ।

गुल्मी धुर्कोट गाउँपालिका वडा–३ हाडहाडे बस्ने २९ वर्षीया एक महिलाको २६ लाख ९६ हजार ६५२ रुपैयाँ ठग्ने बिरगञ्ज उपमहानगरपालिका वडा २१ बस्ने २६ वर्षीय श्रवणकुमार पटेल काठमाडौंबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो ।

त्यस्तै, कैलाली लम्कीचुहा नगरपालिका वडा ६ बस्ने ४७ वर्षीय विष्णुबहादुर रावललाई पनि काठमाडौंबाट पक्राउ गरिएको छ ।

उनीहरुलाई गुल्मी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सारुले जानकारी दिनुभयो ।