२१ मंसिर, काठमाडौं ।

भारतको गोवामा रहेको एक नाइट क्लबमा ग्यास सिलिन्डर पड्किँदा २३ जनाको मृत्यु भएको छ । अरपोरा क्षेत्रको नाइट क्लबमा विस्फोटपछि भीषण आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटना शनिबार राति करिब १२ बजे भएको हो । घटनाबारे जानकारी पाएपछि गोवाका मुख्यमन्त्री प्रमोद सावन्त तथा स्थानीय जनप्रतिनिधिहरू तत्कालै घटनास्थल पुगेका थिए ।

मुख्यमन्त्री सावन्तका अनुसार मृत्यु हुनेमध्ये तीन महिला सहित केही विदेशी पर्यटकहरू पनि रहेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार कतिपयको जलेर र केहीको धुवाँमा निसासिएर मृत्यु भएको छ ।

गोवा सरकारले घटनाको विस्तृत छानबिन गर्न तथा दोषीमाथि कडा कारबाही गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएको छ ।