राहुकाल

दिउँसो ३ बजेर ४८ मिनेटदेखि बेलुकी ५ बजेर ६ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोस् ।

ब्रह्म मुहूर्त

बिहान ५ बजेर ५ मिनेटदेखि बिहान ५ बजेर ५३ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।

दैनिक राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

लामो समयदेखि भेट नभएका मित्र वा आफन्तसँगको भेटले मन प्रसन्न हुनेछ । खाद्यान्न, गरगहना तथा निर्माण सामग्रीको व्यापारबाट मनग्गे धन लाभ हुनेछ । प्रेम सम्बन्धमा रमाउनेहरूका लागि समय अनुकूल छ । जीवनसाथीको सहयोगले नयाँ कार्य सुरु गर्न सकिनेछ । बैंक, वित्तीय क्षेत्र तथा शेयर बजारमा गरिएको लगानीबाट आम्दानी हुनेछ । शिक्षा, खेलकुद र मनोरञ्जन क्षेत्रमा प्रगति हुनेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

अध्ययन–अध्यापनमा सुधार हुनेछ । बौद्धिक क्षमता बढ्नेछ । साथी–भाइ र आफन्तबाट सुनिने सुखद समाचारले उत्साह बढ्नेछ । व्यापार वा शेयर बजारमा गरिएको लगानीबाट राम्रो आम्दानी हुनेछ । प्रेम जोडीका लागि समय मनमोहक छ । बोलीको प्रभाव बढ्दै जानेछ । खेल क्षेत्रमा सक्रिय रहेका व्यक्तिका लागि समय सकारात्मक छ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

अध्ययनमा सुधार हुँदै अग्रस्थानमा आउने अवसर मिल्नेछ । कडा परिश्रमले लक्ष्य हासिल गर्न सकिनेछ । उद्योग तथा व्यापारमा लगानी गरी नाफा कमाउन सकिनेछ । परिवारसँग रमाइलो समय बिताउने तथा स्वादिष्ट भोजन गर्ने अवसर मिल्नेछ । खेलाडी तथा खेल क्षेत्रका व्यक्तिका लागि समय अनुकूल छ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

स्वास्थ्यमा समस्या आउन सक्छ, खर्च बढ्ने सम्भावना छ । अध्ययनमा समय दिन नसक्दा पछि पर्नु पर्ने हुन सक्छ । प्रेम सम्बन्धमा अविश्वास बढ्न सक्छ । परिवारका ज्येष्ठ सदस्यसँग विचार नमिल्ने अवस्था सिर्जना हुन सक्छ । तर विदेशी सामानको व्यापारबाट लाभ हुनेछ । विदेशमा अध्ययन वा काममा हुनुहुन्छ भने समय अनुकूल छ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

व्यापार तथा शेयर बजारमा लगानीबाट राम्रो नाफा कमाउन सकिनेछ । शिक्षा तथा शैक्षिक पेशाबाट आर्थिक लाभ हुनेछ । प्रेम सम्बन्ध मजबुत बन्छ । जीवनसाथीको सहयोगले उपलब्धिमूलक कार्य सम्पन्न हुनेछ । पैतृक धन तथा सम्पत्तिको सदुपयोगबाट आम्दानी बढ्नेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

राजनीति तथा समाजसेवामा प्रतिष्ठा बढ्नेछ । व्यापार र शेयर बजारमा गरिएको लगानी फस्टाउनेछ । परिवारसँग घरमै बसेर मिष्ठान्न भोजन गर्ने अवसर मिल्नेछ । अध्ययनमा थोरै मेहनतले पनि राम्रो परिणाम प्राप्त हुनेछ । खेल, पत्रकारिता तथा व्यवसायमा संलग्न व्यक्तिका लागि समय अनुकूल छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

सामाजिक तथा परोपकारी कार्यमा समय बित्नेछ । सरकारी काम सहज रूपमा सम्पन्न हुनेछन् । अध्ययनका कारण लामो दूरीको यात्रा हुन सक्छ । धार्मिक यात्रामा निस्कने योग छ । अनुसन्धान तथा खोजमूलक कार्यमा मन जानेछ । वित्तीय बजारमा नयाँ प्रवेशकर्ताका लागि समय अनुकूल छ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

शारीरिक कमजोरीका कारण दैनिक कार्य प्रभावित हुन सक्छ । व्यापारमा लगानी आजका लागि उपयुक्त छैन । सवारीसाधन प्रयोग गर्दा ध्यान दिनुहोस् । बाध्यताले समय बित्न सक्छ । तर प्रेम सम्बन्धमा निकटता बढ्नेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

आफन्त तथा प्रियजनसँगको भेटले दिन रमाइलो बन्नेछ । प्रेम सम्बन्धमा निकटता बढ्नेछ । व्यापार तथा वित्तीय बजारमा लगानीबाट नाफा कमाउन सकिनेछ । आफ्नै मेहनतले जीवनशैलीमा परिवर्तन आउनेछ । खेलकुद तथा मनोरञ्जन क्षेत्रमा प्रगति हुनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)

पुराना विवादहरू समाधान हुँदै जानेछन् । न्यायिक मुद्दाहरू तपाईँकै पक्षमा निर्णय हुन सक्छ । अध्ययनमा राम्रो उपलब्धि हात पर्न सक्छ । प्रेमको कोपिला फुल्नेछ । जीवनसाथीको सहयोगले उपलब्धिमूलक काम हुनेछ । व्यापार तथा उत्पादनमुखी व्यवसायबाट लाभ हुनेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)

उपहार वा चिट्ठा प्राप्तिको सम्भावना छ । शिक्षा क्षेत्रमा लगानी बढाउँदा लाभ हुनेछ । परिवारमा नयाँ सदस्यको आगमनको योग छ । सन्तानको प्रगति देख्दा खुशी मिल्नेछ । प्रेम सम्बन्धमा सामिप्यता बढ्नेछ । मनोरञ्जन तथा खेलकुदमा समय बित्नेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

राजनीति वा समाजसेवामा आलोचना समेतको समर्थन प्राप्त हुनेछ । विश्वास गरेका व्यक्तिबाट निराश हुनुपर्ने स्थिति आउन सक्छ । घरजग्गा सम्बन्धी कार्यमा मन्दी देखिन सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ, खानपानमा ध्यान दिनुहोस् । कृषि तथा पशुपालनबाट राम्रो आम्दानी हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।