काठमाडौँ ।

सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तीन सय रुपैयाँले घटेर तोलाको दुई लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५३ हजार छ सय रुपैयाँ थियो ।

यस्तै, चाँदीको भाउ भने आज १० रुपैयाँले बढेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढेर तोलाको दुई हजार पाँच सय ४५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार पाँच सय ३५ रुपैयाँ थियो ।