राहुकाल
बिहान १० बजेर ३२ मिनेटदेखि ११ बजेर ५१ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रह्म मुहूर्त
बिहान ४ बजेर ५८ मिनेटदेखि ५ बजेर ४६ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

अध्ययन तथा अनुसन्धानमा ध्यान केन्द्रित भएकाले उत्कृष्ट नतिजा प्राप्त हुनेछ । प्रविधिको प्रयोगले रचनात्मक कार्यमा प्रगति हुनेछ । पैतृक धनको लगानीमार्फत व्यवसाय विस्तार गरी रोजगारी सिर्जना गर्न सकिनेछ । प्रेममा सामीप्यता बढ्नेछ भने जीवनसाथीको सहयोगले महत्त्वपूर्ण कार्य बन्नेछन् । जमघट तथा भोजमा सहभागिता रहनेछ । खेल क्षेत्र तथा खेलसम्बन्धी संस्थाका लागि समय अनुकूल छ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

राज्य भावमा चन्द्रमा रहेकाले व्यापार फस्टाउनेछ । समाजसेवा तथा कल्याणकारी कार्यबाट मान–प्रतिष्ठा बढ्नेछ । रोजगारीमा नयाँ अवसर पहिल्याउन सकिनेछ । नोकरीमा सुगम स्थानतर्फ स्थानान्तरणको सम्भावना छ । प्रेममा सामीप्य बढ्नेछ भने वैवाहिक जीवन सुखद रहनेछ । अध्ययनमा प्रगति हुनेछ । खेल क्षेत्रका लागि समय शुभ छ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

भाग्यले साथ दिने भएकाले आटे–ताकेका काम पूरा हुनेछन् । सामाजिक तथा सरकारी क्षेत्रमा जनताको काम गर्ने अवसर मिल्नेछ । खेलमा सफलता मिल्नेछ । अध्ययनमा रुचि बढ्नेछ । प्रेममा रमाउनेहरूका लागि अनुकूल समय छ । धार्मिक तथा शैक्षिक कार्यबाट आम्दानी हुनेछ । धार्मिक यात्रा पनि सम्भव छ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

खानपान र मौसममा लापरवाही गर्दा स्वास्थ्यमा समस्या देखिन सक्छ । व्यापारमा मन्दी आउने र आम्दानी कमजोर हुने सम्भावना छ । पुराना समस्याहरू दोहोरिनाले तनाव बढ्न सक्छ । प्रेममा अविश्वास बढी असमझदारी हुन सक्छ । अध्ययनमा प्रगति हुनेछ र अध्ययनकै सिलसिलामा लामो दूरीको यात्रा हुन सक्छ । खेल क्षेत्रमा सक्रियका लागि समय अनुकूल छ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

जीवनसाथीको सहयोगले महत्वपूर्ण काम बन्नेछ । प्रेममा सामीप्यता बढ्नेछ । निर्माण तथा खाद्यान्नको व्यापारबाट आम्दानी बढ्नेछ । लामो दूरीको यात्रा सम्भावित छ । प्रविधिको प्रयोगबाट आफ्ना विचार व्यापक रूपमा फैलाउन सकिनेछ । मनोरञ्जन र घुमफिरमा समय बित्नेछ । खेल तथा सञ्चार क्षेत्रमा संलग्नका लागि समय उत्कृष्ट छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

मामा–मावलीबाट काममा सहयोग प्राप्त हुनेछ । न्यायिक निर्णयहरू आफ्नो पक्षमा आउन सक्छन् । पढाइ तथा खेल दुवै क्षेत्रमा प्रगति हुनेछ । व्यापारबाट राम्रो नाफा कमाउन सकिनेछ । लगानी बढाएर आम्दानीका स्रोत विस्तार गर्न सकिनेछ । प्रेम तथा वैवाहिक जीवनमा आत्मीयता बढ्नेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

पढाइमा उत्कृष्ट प्रगति हुनेछ । व्यापारमा वृद्धि भएर दैनिकी सुदृढ बन्नेछ । चिट्ठा–उपहार प्राप्तिको योग छ । प्रेममा नजिकिन पाइनेछ । सामाजिक कार्यबाट सम्मान प्राप्त हुनेछ । आफन्त तथा सन्तानको प्रगतिले मन प्रशन्न बन्नेछ । खेल क्षेत्रमा सक्रियका लागि समय शुभ छ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

प्रेममा अविश्वास बढ्न सक्छ । घरमा, विशेषगरी आमासँग मनमुटाव हुन सक्छ । राजनीति तथा समाजसेवामा संलग्नहरूले सन्तुलित व्यवहार गर्न आवश्यक छ । स्वास्थ्यमा छातीसम्बन्धी समस्या आउन सक्छ र खर्च बढ्ने सम्भावना छ । कृषि तथा पशुपालनमा लगानी गर्दा राम्रो आम्दानी हुनेछ । खेल क्षेत्रमा सक्रियका लागि समय अनुकूल छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

प्रेममा निकटता बढ्नेछ । साथीभाइको सहयोगले काम बन्नेछन् । रोकिएका काम अघि बढ्नेछन् । पढाइमा सुधार हुँदै सफलताको नजिक पुगिनेछ । छिमेकीमाझ राम्रो काम गरी प्रतिष्ठा कमाउन सकिनेछ । दाजुभाइको साथ मिल्नेछ । सानो प्रयासले ठूलो लाभ हुनेछ । प्रतिस्पर्धी परास्त हुनेछन् । मनोरञ्जन तथा साहसिक गतिविधिमा रमाइलो गर्न सकिनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)

प्रविधि तथा सामाजिक सञ्जालको प्रयोगले बौद्धिकता बढ्नेछ । राजनीति तथा समाजसेवामा पद प्राप्तिको सम्भावना छ । भौतिक सम्पत्तिको सदुपयोगबाट प्रभाव जमाउन सकिनेछ । व्यापारबाट मनग्गे धन आर्जन हुनेछ । मनपर्ने वस्त्र तथा अलङ्कार उपहार पाइनेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)

राजनीति तथा समाजसेवामा जनताको समर्थन प्राप्त हुनेछ । व्यापार व्यवसाय विस्तार भएर आर्थिक स्थिति बलियो बन्नेछ । प्रेममा आत्मीयता बढ्नेछ । पढाइमा रुचि बढ्नेछ । सुख–दुःखमा साथ दिने साथी भेटिनेछन् । खेल तथा साहसिक गतिविधिमा राम्रो प्रस्तुति दिन सकिनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

आम्दानीभन्दा खर्च बढ्न सक्छ । खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउने र खर्च बढ्ने सम्भावना छ । नियम विपरीत काम नगर्नु होला, दण्ड–जरिवाना भोग्न पर्न सक्छ । व्यवहारगत कारणले प्रेममा अविश्वास बढ्न सक्छ । लामो दूरीको विदेश यात्रा तथा विदेशमा काम गर्नेका लागि समय लाभदायक छ ।

तपाईँको दिन शुभ रहोस् ।