राहुकाल

दिउँसो १:०९ देखि २:२८ सम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रह्म मुहूर्त

बिहान ४:५७ देखि ५:४५ सम्म ब्रह्म मुहूर्त रहनेछ ।

राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
भौतिक सम्पत्ति जुट्नेछ भने उपहार प्राप्त हुने योग छ । नयाँ काम आरम्भ गरी आम्दानीका स्रोत बढाउन सकिन्छ । सरकारी तथा पैतृक सम्पत्ति हात लाग्ने सम्भावना बलियो छ । दाजुभाइ वा अग्रजको सल्लाह मान्दा सफलता पाउन सकिनेछ । बौद्धिक काम तथा पराक्रमी गतिविधिमा सहभागिता जनाउने अवसर प्राप्त हुनेछ । शेयर बजार तथा व्यापारबाट केही नाफा कमाउन सकिनेछ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा वा स्थानान्तरण हुने सम्भावना छ । व्यवसाय फस्टाउँदै जानेछ । लगानीका नयाँ अवसर बढ्नेछन् । सरकारी तथा प्रशासनिक क्षेत्रमा सक्रियता बढ्नेछ । कृषि तथा पशुपालनबाट राम्रो आम्दानी हुनेछ । पढाइमा प्रगति हुने तथा अध्ययनकै क्रममा यात्रा गर्ने योग छ । बिहान धार्मिक तथा शैक्षिक यात्राको सम्भावना छ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
विद्यार्थीहरूका लागि समय अनुकूल छ । धर्म तथा अध्यात्ममा रुचि बढ्नेछ । धार्मिक स्थलमा गई टिका–प्रसाद ग्रहण गर्ने अवसर मिल्नेछ । व्यापार, उद्योग तथा शेयर बजारमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । प्रेममा नजिकिने तथा भावनात्मक आदान–प्रदान गर्ने अवसर छ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
बिहानको समय अनुकूल भएकाले व्यापार व्यवसाय फस्टाउनेछ । पढाइमा राम्रो प्रगति हुनेछ । आफन्त तथा साथीहरूको शुभ समाचारले उत्साह बढ्नेछ । प्रेम सम्बन्ध मजबुत बन्नेछ । तर मध्यान्हपछि खर्च बढ्ने तथा आफन्तबाटै धोका पुग्ने सम्भावना छ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
अध्ययनमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । स्वास्थ्य राम्रो रहनेछ । रमाइलो यात्रा हुनेछ । व्यापार तथा शेयर बजारबाट मनग्गे नाफा हात लाग्नेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । खेल क्षेत्रमा संलग्नका लागि समय अनुकूल छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
सानो प्रयासले ठूलो उपलब्धि हासिल गर्न सकिनेछ । व्यापार तथा उद्योगमा लगानीबाट आम्दानी बढ्नेछ । पारिवारिक वातावरणमा आनन्द छाओस् । प्रेमी–प्रेमिकाका लागि अनुकूल समय छ । मावली पक्षको सहयोगले नयाँ काम सुरु गर्न सकिनेछ । पढाइ वा नोकरीको प्रतिस्पर्धामा अग्रस्थानमा आउने सम्भावना छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
अध्ययनमा मन जानेछ । अध्ययनकै लागि लामो यात्राको योग छ । घरायसी प्रयोजनका लागि भोगविलासका सामान खरिद गर्न उपयुक्त समय छ । व्यापार तथा वित्तीय क्षेत्रमा लगानीबाट फाइदा हुनेछ । प्रेम सम्बन्ध पुनः प्रगाढ बन्न सक्छ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
बिहान व्यापारमा लगानी बढाएर आम्दानी बढाउन सकिनेछ । खेलकुद तथा पराक्रमी गतिविधिमा सफलता पाइनेछ । मध्यान्हपछि पढाइमा मन नलाग्न सक्छ । आमाबुबाबाट टाढिने वा यात्रा गर्नुपर्ने स्थिति आउन सक्छ । घरजग्गा कारोबारमा मन्दी आउन सक्छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
उद्योग, व्यापार तथा शेयर बजारमा लगानी गरी कमाइ बढाउन सकिनेछ । आर्थिक सुधार हुनेछ । पढाइमा राम्रो नतिजा आउनेछ । झगडा तथा कानुनी विवादमा तपाईँकै पक्षमा निर्णय हुने सम्भावना छ । प्रेममा नजिकिने समय छ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
पहिले गरेका कामबाट सकारात्मक नतिजा प्राप्त हुनेछ । रोकिएका काम अघि बढ्नेछन् । वित्तीय लगानीबाट नाफा कमाउन सकिनेछ । पढाइमा राम्रो परिणाम आउनेछ । प्रेम सम्बन्ध सुन्दर बन्नेछ । खेलकुद क्षेत्रका लागि पनि समय अनुकूल छ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
बिहान लामो यात्रा तथा विदेशसम्बन्धी काम भइरहनेछ । विदेशी सामान व्यापारमा वृद्धि हुनेछ । मध्यान्हपछि सामाजिक काममा ख्याति कमाउन सकिनेछ । व्यापार तथा शेयर बजारमा नयाँ लगानी थप्न उपयुक्त समय छ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
बिहान नोकरी तथा कार्यक्षेत्रमा राम्रो प्रस्तुति दिन सकिनेछ । व्यवसाय फस्टाउनेछ । पढाइमा प्रगति हुनेछ । तर मध्यान्हपछि स्वास्थ्य समस्या आउने सम्भावना छ । सवारीसाधन प्रयोग गर्दा सावधानी आवश्यक छ ।

तपाईँको दिन शुभ रहोस् ।