हुकाल
दिउँसो २ बजेर २८ मिनेटदेखि दिउँसो ३ बजेर ४७ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट: राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोस् ।

ब्रह्ममुहूर्त
बिहान ४ बजेर ५५ मिनेटदेखि बिहान ५ बजेर ४३ मिनेटसम्म ब्रह्ममुहूर्त रहनेछ ।

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

राज्य भावमा गोचर गरेको शुभ चन्द्रमाको प्रभावले सामाजिक क्षेत्रमा सानदार उपलब्धि हात पार्न सकिनेछ । मित्र तथा आफन्तको सहयोगले दैनिकी सहज र सक्रिय बन्नेछ । सङ्गीत तथा फिल्म क्षेत्रमा समय बित्ने सम्भावना छ । नयाँ काम पाइने तथा नोकरीमा पदोन्नतिको राम्रो योग रहेको छ । व्यापार तथा वित्तीय लगानीबाट लाभ लिन सकिनेछ । यात्रा, खानपान र मनोरञ्जनमा समय व्यतीत हुनेछ । प्रेम सम्बन्धमा अनुकूलता रहनेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

धार्मिक तथा आध्यात्मिक कार्यमा सहभागी हुने अवसर मिल्दा मन शान्त रहनेछ । भाग्यको साथ मिल्ने भएकाले सानो प्रयासमै राम्रो परिणाम हासिल हुनेछ । प्रेमिका तथा साथीहरूको सहयोगले प्रगतिमा थप गति आउनेछ । कार्यक्षेत्रमा तपाईँको कामको प्रशंसा हुनेछ । नयाँ प्रस्ताव प्राप्त हुन सक्छ भने नोकरीमा बढुवा वा स्थानान्तरणको सम्भावना पनि छ । खेलकुद तथा मनोरञ्जनमा समय बित्नेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

व्यापार व्यवसायमा पर्याप्त समय खर्चिए पनि आम्दानी कम हुन सक्छ । सवारी साधन तथा भौतिक सम्पत्ति प्रयोग गर्दा सावधानी अपनाउनुहोस्, अप्रत्याशित घटना हुन सक्नेछ । प्रेममा टाढिने संकेत देखिन्छ भने परिवार तथा दिदीबहिनीहरूसँग मनमुटाव बढ्न सक्छ । खानपान र मौसमको ध्यान राख्नुहोस्, स्वास्थ्य समस्या सताउन सक्छ । तर पनि वित्तीय लगानीबाट आम्दानी बढाउन सकिनेछ । अध्ययन तथा खेलकुदमा मन जानेछ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

फेन्सी तथा विलासी वस्तुको व्यापारबाट मनग्गे आम्दानी हुनेछ । साझेदारी तथा एकल व्यवसायमा विस्तार गर्न सकिनेछ । व्यापारकै सिलसिलामा लामो दूरीको यात्रा हुन सक्छ । आफन्त तथा साथीहरूबाट उपहार प्राप्त हुनेछ । प्रेम तथा वैवाहिक सम्बन्धमा निकटता बढ्नेछ । पढाइ–लेखाइमा राम्रो प्रगति हुनेछ । खेल क्षेत्रमा सक्रियहरूले उत्कृष्ट नतिजा हात पार्नेछन् ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

बुद्धिको सही प्रयोगले अरूलाई प्रभावित पार्न सकिनेछ । सन्तान तथा आफन्तको साथ मिल्नेछ । मन परेका व्यक्तिबाट उपहार प्राप्त हुँदा मन प्रशन्न हुनेछ । निर्माण सामग्री, खाद्यान्न तथा अनलाइन व्यापारबाट लाभ हुने सम्भावना छ । नोकरी, अध्ययन तथा खेलकुदमा प्रतिस्पर्धीहरूलाई पछाडि पार्दै सफलता हात पार्न सकिनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

अध्ययन तथा प्रतिस्पर्धात्मक परीक्षामा रुचि बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । शत्रु र रोगबाट छुटकारा मिल्नेछ भने न्यायिक विषयमा पनि तपाईँकै पक्षमा निर्णय आउने सम्भावना छ । काम गर्ने जोश तथा उत्साह बढ्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रभावकारी प्रयोगले आफ्नो विचार जनसमक्ष पुर्‍याउन सकिनेछ । खेलकुद तथा पराक्रमी गतिविधिमा सहभागी भई रमाइलो गर्न सकिनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

कृषि, पशुपालन तथा सवारी साधनको खरिद–बिक्रीबाट आम्दानी हुने संकेत छ । बैंक तथा वित्तीय क्षेत्रमा पनि आम्दानी बढ्नेछ । सानो प्रयासमै कामहरू सम्पन्न हुनेछ । खेलकुद तथा पराक्रमी कार्यमा उल्लेखनीय सहभागिता रहनेछ । तर आमा तथा आफन्तसँगको भेटघाटमा सानो विवाद हुन सक्ने भएकाले सचेत रहनुहोस् । प्रविधि तथा सवारी प्रयोगमा पनि सावधानी अपनाउनुहोस् । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

थोरै समय लगानी गर्दा पनि व्यापारमा राम्रो आम्दानी हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा लगानीबाट लाभ पाउन सकिनेछ । विवादित विषयहरू समाधान हुँदै जानेछन् । अध्ययनमा उत्कृष्ट नतिजा आउन सक्छ । मन परेको व्यक्तिसँग रमाइलो यात्राको अवसर मिल्नेछ । स्वादिष्ट भोजनमा रमाउन सकिनेछ । खेल क्षेत्रमा सक्रियहरूका लागि समय उत्तम रहनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

पारिवारिक वातावरणमा समय बित्ने तथा मिठा भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । घरायसी व्यापारमा प्रगति हुनेछ भने लगानीबाट धन आर्जन गर्न सकिनेछ । प्रणय सम्बन्ध प्रगाढ बन्न सक्छ । बोलीको प्रभाव बढ्ने हुँदा बोलेरै धेरै काम सम्पन्न गर्न सकिनेछ । साँझतिर यात्रा तथा मनोरञ्जनमा समय बित्नेछ । खेल क्षेत्रमा सक्रियका लागि समय अनुकूल छ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)

सानातिना समस्या देखिए पनि लगनशीलताका साथ अघि बढे सफलता हात लाग्नेछ । अध्ययन, खेलकुद तथा जागिरमा प्रतिस्पर्धा जित्ने सम्भावना छ । भौतिक तथा प्राविधिक साधन प्राप्तिको योग छ । व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी आम्दानीका स्रोत विस्तार गर्न सकिनेछ । धार्मिक तथा मनोरञ्जनात्मक यात्रा हुन सक्छ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)

विदेश यात्राको योग छ । विदेशी सामानको व्यापार उकासिनेछ । खेल क्षेत्रमा संलग्नका लागि समय शुभ छ । तर काम गर्दा सावधानी अपनाउनुहोस् — गलत व्यक्तिको विश्वास गर्दा आर्थिक क्षति वा जरिवाना तिर्नुपर्ने स्थिति आउन सक्छ । घरका सदस्यबाटै धोका हुने सम्भावना देखिने भएकाले सतर्क रहनुहोस् । स्वास्थ्यमा सानो समस्या देखिन सक्छ, उपचार खर्च बढ्नेछ ।

मीन (दी, दू, थ, झ, ज्ञ, दे, दो, चा, ची)

स्रोत तथा साधन जुट्ने भएकाले कार्यक्षेत्रमा स्थिर प्रगति गर्न सकिनेछ । रोकिएका काम सम्पन्न हुनेछन् र नयाँ जिम्मेवारी थपिन सक्छ । व्यापार, शेयर बजार तथा उद्योगमा लगानीबाट लाभ हुनेछ । अध्ययनमा सुधार हुनेछ । प्रेम सम्बन्धमा रमाउन चाहनेका लागि समय अनुकूल छ । खेल क्षेत्रमा सक्रियहरूले राम्रो नतिजा हात पार्नेछन् ।

तपाईँको दिन शुभ रहोस् ।