राहुकाल

दिउँसो ३ बजेर ४७ मिनेटदेखि बेलुका ५ बजेर ७ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रह्ममुहूर्त

बिहान ४ बजेर ५४ मिनेटदेखि बिहान ५ बजेर ४२ मिनेटसम्म ब्रह्ममुहूर्त रहनेछ ।

राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

भाग्यभावमा गोचर गर्ने चन्द्रमाको शुभ प्रभावले धार्मिक तथा शैक्षिक यात्राको सम्भावना बढ्नेछ । सानो प्रयत्नले उपलब्धिमूलक काम सम्पन्न हुनेछ । राज्यसँग नजिक भएर काम गर्नेहरूले आर्थिक लाभ प्राप्त गर्ने समय रहेको छ । नयाँ काम पाउने, बढुवा हुने वा सुगम स्थानमा सरुवा हुने योग छ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिएको लगानी लाभदायक हुनेछ । खेल क्षेत्रमा सहभागी भएकोमा पनि सकारात्मक नतिजा मिल्नेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

नसोचेको धन तथा सम्पत्ति हात लाग्ने सम्भावना छ । चिट्ठाबाट लाभ हुने योग बलियो छ । आफन्त र दिदी–बहिनीबाट सहयोग प्राप्त हुनेछ । शुभचिन्तकको सुझावलाई सम्मान गर्दै अघि बढेमा फाइदा हुनेछ । माया–प्रेममा नजिक हुने वातावरण मिल्नेछ । पदीय जिम्मेवारी पाउने सम्भावना छ । व्यावसायिक यात्रा तय गर्न सकिनेछ । खेलकुद, भेटघाट र मनोरञ्जनमा समय व्यतित हुनेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

नयाँ सवारी साधन वा मन परेको सम्पत्ति प्राप्त हुने संकेत छ । व्यापारमा प्रगति, आम्दानी र जीवनस्तर सुधार हुनेछ । पारिवारिक यात्रामा रमाइलो तथा स्वादिष्ट भोजनको अवसर मिल्नेछ । दाम्पत्य जीवनमा प्रेम गहिरिनेछ । खेल क्षेत्र वा खेलसम्बन्धी कामबाट लाभ पाइनेछ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

शत्रुहरू सक्रिय भए पनि अन्ततः परास्त गर्न सकिनेछ । मावली पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ । न्यायिक वा विवादास्पद विषयमा तपाईँकै पक्षमा नतिजा आउनेछ । अध्ययन–प्रतिस्पर्धामा राम्रो उपलब्धि मिल्नेछ । व्यवसायमा राम्रो आय हुने र पुराना कारोबार सल्टिने समय छ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

व्यापारमा लगानीले सोचेजस्तै आम्दानी हुनेछ । माया–प्रेममा सामीप्य बढ्नेछ । परिवार तथा मित्रसँग रमाइलो यात्रा हुनेछ । सामाजिक काममा सक्रियता बढ्नेछ । आकस्मिक धन लाभको योग छ । मन पराएको व्यक्तिबाट उपहार प्राप्त हुने सम्भावना छ । खेल तथा पराक्रमी गतिविधिमा सहभागी भइनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्त गर्ने योग छ । धार्मिक तथा सामाजिक क्षेत्रमा राम्रो काम गर्न सकिनेछ । आमाबाट सहयोग मिलनेछ । अध्ययनमा प्रगति हुने र अध्ययनकै प्रयोजनमा यात्रा गर्नुपर्ने हुन सक्छ । नयाँ काम प्राप्त हुने वा नोकरीमा बढुवा/स्थानान्तरण हुने सम्भावना छ । खेलकुद वा पराक्रमी कार्यबाट उपलब्धि मिल्नेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

नयाँ कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । साथीभाइको सहयोगले काम अगाडि बढ्नेछ । नयाँ उद्योग तथा रचनात्मक क्षेत्रमा अवसर प्राप्त हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । विवाद तथा प्रतिस्पर्धामा नाम अगाडि आउनेछ । परिवारको इच्छा पुरा गर्न सकिनेछ । मनोरञ्जन तथा खेलकुदमा समय व्यतित हुनेछ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

कुटुम्बभावमा गोचर गर्ने चन्द्रमाको प्रभावले पारिवारिक सम्बन्ध सुधारिनेछ । बालबालिकाबाट सहयोग प्राप्त हुनेछ । व्यवसाय फस्टाउँदै जानेछ र उठ्नुपर्ने रकम हात लाग्नेछ । शुभ–मंगल कार्यमा सहभागी भई रमाइलो वातावरणमा दिन बित्नेछ । माया–प्रेममा सामीप्य बढ्नेछ । विभिन्न भेटघाट र मनोरञ्जनका अवसर मिल्नेछन् ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

नयाँ प्रविधिको प्रयोगमार्फत व्यापारमा लगानी गर्नु लाभदायक हुनेछ । आर्थिक अवस्था सबल बन्नेछ । नउठेको रकम उठ्ने सम्भावना छ । समाजसेवामा सक्रियताले मान–प्रतिष्ठा बढ्नेछ । नयाँ काम वा नोकरीमा बढुवाको योग छ । माया–प्रेममा विश्वास बढ्नेछ । आत्मविश्वासले पराक्रमी काम गर्न सक्षम हुनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)

विदेशी सामानको व्यापारमा वृद्धि हुनेछ । स्वास्थ्य सामग्री तथा औषधिजन्य कारोबारबाट लाभ मिल्नेछ । काम वा अध्ययनका लागि लामो यात्रा हुन सक्छ । विदेशी भाषा तथा परराष्ट्रसम्बन्धी कामबाट आम्दानी हुनेछ । पुँजी बजारमा लगानी लाभदायक रहला । तर गैरन्यायिक कामबाट टाढा रहनुहोस्, दण्ड/जरिवाना भोग्नुपर्ने जोखिम छ । माया–प्रेममा अविश्वास बढ्ने संकेत छ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)

व्यापार–व्यवसाय फस्टाउँदै जानेछ । बैंक तथा वित्तीय कारोबारमा वृद्धि हुनेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यापार लाभदायक हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागि अनुकूल समय छ । पैतृक सम्पत्तिको प्रयोगबाट आम्दानी बढ्नेछ । आर्थिक अवस्था मजबुत बन्नेछ । खेल क्षेत्रमा सहभागी भई मनोरञ्जन लिन सकिनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

पैतृक सम्पत्तिको प्रयोग गरी आर्थिक रूपमा सबल बन्न सकिनेछ । नयाँ काम वा उच्च पद प्राप्त गर्ने सम्भावना बलियो छ । लक्ष्य हासिल गर्न सकारात्मक पाइलाहरू अघि बढ्नेछन् । अध्ययनमा प्रतिस्पर्धीभन्दा राम्रो नतिजा ल्याउन सकिनेछ । माया–प्रेममा नजिक हुने समय छ । गीत–सङ्गीत तथा खेल क्षेत्रप्रति रुचि बढ्नेछ । भेटघाट र मनोरञ्जनमा समय बित्नेछ ।

तपाईँको दिन शुभ रहोस् ।