कार्तिक २५, कपिलवस्तु ।

कपिलवस्तुको यशोधरा गाउँपालिका–७ मर्यादपुर सीमा नाकाको पश्चिमपट्टि रहेको एक बगैंचाबाट २१८ बोरा भारतीय युरिया मल बरामद गरिएको छ ।

विशेष सूचनाको आधारमा सुठौली भन्सार कार्यालय र सशस्त्र प्रहरी बल बीओपी डंगरीको संयुक्त टोलीले अवैध रूपमा भित्र्याइएको उक्त मल फेला पारेको हो ।

भन्सार कार्यालय सुठौलीका प्रमुख किरण बिष्टका अनुसार, बगैंचामा बेवारिसे अवस्थामा लुकाइ–छिपाइ राखिएको युरिया मल बरामद गरिएको हो ।