काठमाडौं ।

आज सुनचाँदीको मूल्य बढेको छ । गएको बिहीबार, शुक्रबार र आइतबार लगातार बढेको सुनको मूल्य आज पनि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य तोलामा २,९०० रुपैयाँ बढेर २,४१,५०० रुपैयाँ पुगेको छ ।

हिजो सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेर २,३८,६०० रुपैयाँ कायम भएको थियो ।

गएको बिहीबार र शुक्रबार सुनको मूल्य तोलामा ६००–६०० रुपैयाँ बढेको थियो ।

गएको असोज ३१ गते सुनको मूल्य २,५८,८०० रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै सबैभन्दा उच्च मूल्य हो ।

आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ५० रुपैयाँ बढेर चाँदीको मूल्य ३,०६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।