काठमाडौँ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ।

बोर्डका अनुसार नतिजा दिउँसो ४ बजेपछि प्रकाशित गर्ने योजना बनाइएको छ।

बोर्ड स्रोतले भने, “यदि कुनै प्राविधिक समस्या आउँदैन भने नतिजा आजै सार्वजनिक हुनेछ।”

कक्षा १२ को पूरक परीक्षा गत असोज ७ र ८ गते सम्पन्न भएको थियो। यसअघि, नियमित परीक्षा गत असार ११ गतेको नतिजामा ६१.१७ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका थिए।