राहुकाल
दिउँसो ३ बजेर ५१ मिनेटदेखि बेलुकी ५ बजेर १२ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रह्म मुहूर्त
बिहान ४ बजेर ४४ मिनेटदेखि बिहान ५ बजेर ३२ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
माया–प्रेममा सामीप्यता बढ्नेछ । अध्ययन–अध्यापनमा प्रगति गरी गन्तव्य भेट्न सकिनेछ । दाजुभाइ तथा छिमेकीहरूसँगको सम्बन्धमा सुधार आउनेछ । छोटो र रमाइलो यात्राबाट सकारात्मक नतिजा प्राप्त हुनेछ । आफन्तसँग गरिने व्यापार–व्यवसायबाट प्रशस्त आम्दानी हुने योग छ । उद्योग तथा शेयर बजारमा गरिएको लगानीबाट राम्रो नाफा कमाउन सकिनेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
अध्ययनमा सुधार हुनेछ भने बौद्धिक क्षमता बढ्नेछ । आफन्त र साथीहरूबाट सुखद समाचार प्राप्त हुनेछ । व्यापार तथा शेयर बजारमा गरिएको लगानीबाट मनग्गे धन आर्जन हुनेछ । नयाँ काम सुरु गर्नका लागि समय अनुकूल छ । प्रेमिल जोडीका लागि आजको समय शुभ छ । बोलीको प्रभाव बढ्ने भएकाले थोरै बोलेर धेरै लाभ लिन सकिनेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
स्वास्थ्यमा समस्या आउने सम्भावना छ, जसका कारण काम प्रभावित हुन सक्छ । आत्मबल कमजोर हुनाले पराक्रमी कार्यमा ढिलाइ हुनेछ । समाजमा आलोचना हुन सक्छ । आफन्तहरूसँग मतभेद बढ्न सक्छ । पढाइमा ध्यान नदिँदा पछि परिनेछ । प्रेम सम्बन्धमा सामान्य विवाद भए पनि अन्ततः आपसी विश्वास बढ्नेछ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ । काम गर्दा सावधानी अपनाउनुहोला, अन्यथा जरिवाना वा हानि हुन सक्छ । लामो दूरीको विदेश यात्राको सम्भावना छ । विदेशमा काम गर्नेहरूका लागि समय शुभ छ । विदेशी सामान वा लगानीसँग सम्बन्धित व्यवसाय फस्टाउनेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
आत्मबल कमजोर हुनाले सुरु गरेका काममा अवरोध आउन सक्छ । अरूको भर पर्नु उचित हुँदैन । बुवा वा बुवासरहका व्यक्तिको धन सम्पत्ति प्रयोग गर्दा सावधानी अपनाउनुहोस् । दाजुभाइसँग सामान्य विवाद हुन सक्छ । अध्ययनमा सफलता पाउन समय लाग्नेछ । तर व्यापार वा शेयर बजारमा लगानी गरी आम्दानी गर्न सकिनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
इच्छाशक्ति बढ्नेछ र काममा उत्साह आउनेछ । प्रयत्न गरेको काम छिट्टै पूरा हुनेछ । साथीभाइ र आफन्तबाट सहयोग पाइनेछ । मान–सम्मान र प्रतिष्ठा बढ्नेछ । नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारमा आत्मीयता र प्रेम सम्बन्ध बलियो हुनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
शैक्षिक वा धार्मिक यात्रा हुने योग छ । धार्मिक पुस्तक अध्ययनबाट ज्ञान प्राप्त हुनेछ । शिक्षा, शेयर बजार, पहिरन तथा खाद्यान्न क्षेत्रमा गरिएको लगानी लाभदायक हुनेछ । प्रेम सम्बन्धमा रमाउनेहरूका लागि शुभ समय छ । गीत–संगीत र कला क्षेत्रमा संलग्न व्यक्तिका लागि पनि अनुकूल दिन हुनेछ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
समय तथा परिस्थिति अनुसार व्यवहार नगर्दा हानि हुन सक्छ । व्यापारमा घाटा लाग्ने सम्भावना छ । माया–प्रेममा धोका हुन सक्छ भने वैवाहिक जीवनमा तनाव आउन सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ । पढाइमा ध्यान नदिँदा पछि परिनेछ । आफन्तहरूसँग मतभेद बढ्ने सम्भावना छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
व्यापार तथा शेयर बजारमा राम्रो लाभ मिल्नेछ । व्यापारकै क्रममा रमाइलो यात्रा गर्न सकिनेछ । प्रेम र मित्रताको सम्बन्ध मजबुत हुनेछ । जीवनसाथीको सहयोगले नयाँ अवसर प्राप्त हुनेछ । अध्ययनमा राम्रो नतिजा पाइन सक्छ । प्रविधि र नयाँ सीप सिक्न अनुकूल समय छ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
शत्रु, ऋण र रोगलाई पराजित गर्न सकिनेछ । साथीभाइको सहयोगले व्यवसायमा प्रगति हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । पढाइमा थोरै परिश्रम गरे पनि राम्रो नतिजा पाइन सक्छ । मामा वा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
व्यापारमा फाइदा हुने संकेत छ । शेयर बजार तथा अनलाइन कारोबारबाट लाभ हुनेछ । स्थायी सम्पत्ति वा मनपर्ने वस्तु उपहारको रूपमा प्राप्त हुन सक्छ । सन्तान वा अनुयायीको सहयोगले उपलब्धि बढ्नेछ । टुटेका प्रेम सम्बन्धहरू पुनः जोडिने सम्भावना छ । पढाइमा रुचि बढ्नेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
आफन्तहरूसँग दूरी बढ्न सक्छ । आमासँग टाढिनुपर्ने परिस्थिति आउन सक्छ । सवारी चलाउँदा वा जग्गा सम्बन्धी काम गर्दा सावधानी अपनाउनुहोस् । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन मिल्नेछ । अध्ययनमा मन नजाँदा पछि परिने सम्भावना छ । कृषि तथा पशुपालन व्यवसाय फस्टाउनेछ ।

तपाईँको दिन शुभ रहोस् ।