आजको राहुकाल, ब्रह्म मुहूर्त र राशिफल

राहुकाल : बिहान ९ बजेर ३ मिनेटदेखि बिहान १० बजेर २५ मिनेटसम्म राहुकाल रहनेछ ।
राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रह्म मुहूर्त : बिहान ४ बजेर ४३ मिनेटदेखि बिहान ५ बजेर ३१ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बन्नेछ । समयमा कामहरू सम्पन्न हुनेछन् । अरूको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनमा थोरै प्रयासले पनि सकारात्मक नतिजा प्राप्त हुनेछ । माया–प्रेममा आफ्नो प्रियलाई वरिपरि देख्दा मन प्रसन्न हुनेछ । साँझपख शुभ तथा माङ्गलिक सभामा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
राजनीति तथा सामाजिक कार्यबाट नाम र दाम दुवै कमाउन सकिनेछ । व्यापार व्यवसायबाट मनग्गे आम्दानी भई आर्थिक अवस्था सुदृढ हुनेछ । प्रेममा विश्वास बढ्नेछ भने जीवनसाथीको सहयोगले राम्रा काम सम्पन्न हुनेछन् । सुन्दर पहिरनमा सजिएर अरूको मन लोभ्याउन सकिनेछ । मनोरञ्जन र घुमघाममा समय व्यतीत हुनेछ । साँझपख होटल तथा रेष्टुराँ व्यवसायमा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
बन्न लागेको काम अचानक बिग्रन सक्छ । लगानी, दौडधुप र श्रमको उचित मूल्य नपाइने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु उत्तम हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ, ध्यान दिनुहोला । लामो दूरीको यात्रामा सावधानी अपनाउनुहोस् । रकम फस्ने योग रहेको छ । साँझपख व्यापार, अध्ययन तथा यात्राका लागि समय अनुकूल हुनेछ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
शत्रु र प्रतिस्पर्धीहरू परास्त हुनेछन् । अध्ययन तथा प्रतिस्पर्धामा अग्र स्थानमा आउन सकिनेछ । व्यापार व्यवसायमा लगानीबाट नाफा कमाउन सकिनेछ । प्रेममा सामिप्यता बढ्नेछ । साथीभाइहरूसँगको सम्बन्धमा विश्वास बढ्नेछ । साँझपख शुभ समारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
सरकारी तथा पैतृक सम्पत्तिबाट लाभ प्राप्त हुनेछ । बौद्धिक क्षमतामा वृद्धि भई राजनीतिमा पद पाउने सम्भावना छ । प्रतिष्ठित व्यक्तिको सहयोगले उपलब्धिमूलक कार्य बन्नेछ । शत्रुहरू परास्त हुनेछन् । व्यापारमा नाफा कमाउन सकिनेछ । छोटो समयमा नाम र दाम कमाउन सकिने हुँदा मन प्रसन्न रहनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
धर्म तथा अध्यात्मप्रति रुचि बढ्नेछ । मन्दिर तथा धार्मिक प्रतिष्ठानमा दर्शन गरी प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बन्द व्यापार फस्टाएर जानेछ । नयाँ ठाउँमा लगानी गर्ने वातावरण बन्नेछ । माया–प्रेममा सामिप्यता बढ्नेछ । राजनीतिमा सहभागिता बढ्नेछ । विद्यार्थीका लागि पढाइमा राम्रो प्रगति हुने समय छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
चन्द्रमाको कष्टभावमा गोचर हुने भएकाले सवारी साधनको प्रयोगमा सावधानी अपनाउनुहोस् । माया–प्रेममा दूरी राख्दा राम्रो हुनेछ । आर्थिक पक्ष कमजोर रहन सक्छ । व्यापार व्यवसायमा आम्दानी घट्दा दैनिकी प्रभावित हुन सक्छ । दिदी–बहिनीहरूसँग मनमुटाव हुनसक्छ । साँझपख धार्मिक वा शैक्षिक यात्राको सम्भावना छ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर प्राप्त हुनेछ । बहुमूल्य धातु सङ्ग्रह गर्न सकिनेछ । शुभचिन्तकहरूको सहयोगले काम समयमा सम्पन्न हुनेछन् । भौतिक सम्पत्तिको प्रयोगबाट अरूको मन लोभ्याउन सकिनेछ । आफन्त तथा बन्धुबाट सहयोग पाइनेछ । प्रेम प्रसङ्गमा रमाउनेहरूको लागि समय अनुकूल छ । साँझपख यात्रा गर्दा ध्यान दिनुहोस् ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
वादविवाद तथा मुद्दा–मामिलामा प्रतिस्पर्धीलाई हराउन सकिनेछ । माया–प्रेममा नजिकपन बढ्नेछ । दाम्पत्य जीवन सुदृढ हुनेछ । लामो दूरीको धार्मिक तथा शैक्षिक यात्राको सम्भावना छ । यात्राबाट अपेक्षित उपलब्धि हात पर्नेछ । प्रेम र मनोरञ्जनका लागि समय शुभ रहनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
लामो समयदेखि रोकिएको काम बन्नेछ । विभिन्न अवसरको सदुपयोग गरी धन तथा सम्पत्ति सङ्ग्रह गर्न सकिनेछ । आर्थिक समस्याहरू हल हुँदै जानेछन् । साथीभाइको सहयोगले काममा सफलता मिल्नेछ । पढाइ लेखाइमा सुधार हुनेछ । बिलासी वस्तुको प्रयोगले मन प्रसन्न हुनेछ । अध्ययनको सिलसिलामा यात्रा सम्भव छ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
माया–प्रेममा अविश्वास बढ्न सक्छ । घरपरिवारमा आमासँग मनमुटाव हुनसक्छ । राजनीति तथा समाजसेवामा लगानी गरे पनि अपेक्षित परिणाम नआउने सम्भावना छ । व्यापारमा बढी मेहनत गर्नुपर्नेछ । कृषि तथा पशुपालनमा भने राम्रो आम्दानी सम्भव छ । साँझपख अध्ययनबाट सकारात्मक सोच विकसित हुनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
छोटो दूरीको यात्राबाट लाभ प्राप्त हुनेछ । व्यापारमा प्रशस्त आम्दानी हुनेछ । दाजुभाइ तथा आफन्तबाट सहयोग पाइनेछ । प्रेममा रमाउन चाहनेका लागि समय अनुकूल छ । पुराना विवाद समाधान हुनेछन् । मनोरञ्जन र यात्रामा समय व्यतीत हुनेछ । साँझपख आफन्तसँग मनमुटाव बढ्ने सम्भावना छ, सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोस् ।

तपाईँको दिन शुभ रहोस् ।