२० कात्तिक, काठमाडौं ।

बिहीबार सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुनको भाउ प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा यो मूल्य ६ सय रुपैयाँ बढी हो ।

अघिल्लो दिन सुनको कारोबार २ लाख ३७ हजार २ सय रुपैयाँमा भएको थियो । असोज ३१ गते सुनको भाउले प्रतितोला २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो ।

यसैगरी, चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला २९९० रुपैयाँ रहेको चाँदीको भाउ बिहीबार ३०१० रुपैयाँ पुगेको छ । असोज ३१ गते चाँदीको भाउ हालसम्मकै उच्च ३३५० रुपैयाँमा पुगेको रेकर्ड छ ।