राहुकाल

दिउँसो १ बजेर ८ मिनेटदेखि दिउँसो २ बजेर ३० मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रह्म मुहूर्त

बिहान ४ बजेर ४२ मिनेटदेखि बिहान ५ बजेर ३० मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
साहित्य तथा कलाकारिता क्षेत्रमा समय खर्च गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । बोलेर गर्ने पेसा वा व्यवसाय फस्टाउनेछ । काउन्सेलिङ, मोटिभेसन जस्ता क्रियाकलापमा उत्कृष्ट प्रस्तुति दिन सकिनेछ । परिवारसँग समय बिताई मिष्टान्न भोजनको अवसर मिल्नेछ । प्रेममा नजिकिँदै भावना साटासाट हुनेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
व्यापार, उद्योग र शेयर बजारमा लगानी बढाई प्रशस्त नाफा कमाउन सकिनेछ । माया–प्रेममा निकटता बढ्नेछ । राजनीति र समाजसेवामा लाग्नेहरूलाई सहयोग र समर्थन प्राप्त हुनेछ । सामाजिक सञ्जालमार्फत आफ्ना विचार जनमानसमा पुर्‍याउन सकिनेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
बिहानको समय लाभदायक रहनेछ । व्यापार र प्राकृतिक स्रोत साधनबाट धन आर्जन हुनेछ । कृषि वा पशुपालनमा समय दिनुपर्ने हुन सक्छ । मध्यान्हपछि पढाइमा ध्यान नजाँदा नतिजा कमजोर आउन सक्छ । सवारी वा काम गर्दा सावधानी अपनाउनुहोस्, जरिवानाको सम्भावना छ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
प्राकृतिक स्रोतको प्रयोगले आम्दानी बढ्नेछ । शिक्षा र चेतनामूलक कार्यबाट लाभ हुनेछ । अग्रज वा बुबाबाट सल्लाह र मार्गदर्शन प्राप्त हुनेछ । माया–प्रेम गाढा हुनेछ । पारिवारिक इच्छा पूरा हुने भएकाले मन प्रसन्न रहनेछ । लामो यात्राको सम्भावना छ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
व्यापार र शेयर बजारमा राम्रो आम्दानी हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाउनेछ । पदोन्नति वा बढुवा हुने योग छ । पैतृक सम्पत्तिमा वृद्धि हुने सम्भावना छ । माता–पिताको सहयोगले जीवनमा उन्नति हुनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
भाग्यले साथ दिनेछ । सानो लगानी र प्रयासबाट ठूलो फाइदा लिन सकिनेछ । व्यापार, शेयर बजार वा खोजीमूलक क्षेत्रमा सफलता मिल्नेछ । धर्म, अध्यात्म र मित्रताको डोरो मजबुत हुनेछ । प्रभावशाली व्यक्तिसँग नजिक हुने अवसर मिल्नेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
बिहानको समय व्यापार र पढाइमा फलदायी रहनेछ । प्रतिस्पर्धामा सफलता हात पर्नेछ । माया–प्रेममा निकटता बढ्नेछ । मध्यान्हपछि भौतिक वस्तु र खर्चमा ध्यान दिनुहोस्, आफन्तबाट धोका पाइने सम्भावना छ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
प्रतिस्पर्धा र न्यायिक निर्णयमा अनुकूलता हुनेछ । बिलासी वस्तु र व्यापारिक आम्दानीमा वृद्धि हुनेछ । प्रेममा स्थायित्व आउनेछ । व्यवसायकै सिलसिलामा यात्रा हुनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
प्रियजनसँग भेटघाट र सम्मान प्राप्त हुनेछ । पढाइमा सफलता र यात्राको योग छ । नोकरीमा बढुवा वा स्थानान्तरणको सम्भावना छ । खर्च बढे पनि उपलब्धि हासिल हुनेछ । मनोरञ्जन र सामाजिक कार्यक्रममा सहभागिता रहनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
बौद्धिक र प्राविधिक ज्ञानको सदुपयोगले आम्दानी बढ्नेछ । शेयर बजार वा वित्तीय क्षेत्रमा लगानी लाभदायी हुनेछ । भौतिक सम्पत्ति प्राप्त हुनेछ । अध्ययनमा सुधार हुनेछ । माया–प्रेममा सामिप्यता बढ्नेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
बिहानको समय उत्साहजनक रहनेछ । सानो प्रयत्नले ठूलो काम सम्पन्न हुनेछ । मध्यान्हपछि राजनीति वा समाजसेवामा सन्तुलित व्यवहार आवश्यक छ । सवारी साधन वा व्यापार सुरु गर्दा सावधानी अपनाउनुहोस् ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
शुभ कार्य र मङ्गल समारोहमा सहभागिता हुनेछ । छोटो दुरीको यात्रा लाभदायक बन्नेछ । व्यापार, उद्योग वा शेयर बजारमा लगानीले नाफा दिलाउनेछ । माया–प्रेम र दाम्पत्य जीवनमा खुसी छाउनेछ । दाजुभाइ वा मित्रबाट सहयोग प्राप्त हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।