राहुकाल र ब्रह्म मुहूर्त

राहुकाल : बिहान ११ बजेर ४८ मिनेटदेखि दिउँसो १ बजेर १४ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रह्म मुहूर्त : बिहान ४ बजेर ४१ मिनेटदेखि बिहान ५ बजेर २९ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
रोकिएका काम बन्नेछन् । उत्साह जाग्नेछ । शत्रुहरू किनारा लाग्नेछन् । सङ्घर्ष गरेर अधिकार स्थापित गर्न सकिनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । व्यापार तथा आर्थिक लाभ हुने काममा फाइदा हुनेछ । बैंक तथा वित्तीय क्षेत्रमा लगानी गरी भविष्यमा नाफा कमाउन सकिनेछ । विलासिताका वस्तुहरूको प्रयोगबाट अरूको मन आफूतर्फ लोभ्याउन सकिनेछ । पढाइमा मन जाने भएकाले राम्रो नतिजा ल्याउन सकिनेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
समय अनुकूल रहेकोले विदेशी सामानको व्यापारमा वृद्धि हुनेछ । स्वास्थ्य सामग्री तथा औषधिजन्य व्यापारबाट लाभ लिन सकिनेछ । अध्ययन वा कामको सिलसिलामा लामो दूरीको यात्रा हुने योग छ । विदेशी भाषा तथा परराष्ट्र सम्बन्धी कार्यबाट आम्दानी हुनेछ । आर्थिक क्षेत्र तथा पुँजी बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । तर गैर–न्यायिक कार्य नगर्नुहोला, जरिवाना वा दण्ड तिर्नुपर्ने हुन सक्छ । माया–प्रेममा अविश्वास बढ्ने सम्भावना छ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
मायालुसँग समय बिताउँदा मन हर्षित हुनेछ । पैतृक सम्पत्तिको सदुपयोग गरी धन आर्जन गर्न सकिनेछ । अग्रजहरूको सहयोगमा सवारी साधन तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । प्राकृतिक स्रोत साधनको प्रयोगबाट आम्दानी बढ्नेछ । प्रेमको सम्बन्ध अझ मजबुत हुनेछ । सामाजिक सञ्जाल र प्रविधिको प्रयोगले आफ्ना विचारहरू व्यापक जनमानसमा पुर्याउन सकिनेछ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
राज्य भावमा शुभ ग्रहको गोचर भएकाले सरकारी वा प्रशासनिक कार्यबाट लाभ हुनेछ । कीर्तिमानी कार्य गरी प्रतिष्ठा कमाउन सकिनेछ । नयाँ काम पाउने वा बढुवा हुने सम्भावना छ । वित्तीय र व्यापारिक क्षेत्रमा लाभ हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाउनेछ । पढाइमा मन जानेछ र प्रेमसम्बन्ध सुदृढ हुनेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
सामाजिक तथा परोपकारी कार्यमा रुचि बढ्नेछ । धार्मिक तथा शैक्षिक यात्राको योग छ । व्यापारमा गरिएको लगानी भविष्यमा नाफामूलक हुनेछ । अनुसन्धानमा प्रगति हुनेछ । राजनीतिज्ञहरूका लागि पद प्राप्तिको सम्भावना छ । प्रेमील जोडीका लागि अनुकूल समय छ । साँझतिर लामो यात्राको योग देखिन्छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
अप्रत्याशित धन तथा सम्पत्ति हात लाग्नेछ । गहिरो अध्ययन र अनुसन्धानमा सफल भइनेछ । प्रेममा रमाउनेहरूका लागि समय अनुकूल छ । व्यापारमा वृद्धि हुनेछ र थप लगानीका अवसर मिल्नेछन् । लामो यात्रामा सावधानी अपनाउनुहोस् । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
भौतिक तथा विलासी वस्तुको प्रयोगमा रुचि बढ्नेछ । पढाइ र अनुसन्धानमा नाम कमाउन सकिनेछ । प्रेममा सामीप्यता बढ्नेछ र जीवनसाथीको सहयोगले सफलता मिल्नेछ । वित्तीय क्षेत्रमा गरिएको लगानीबाट आम्दानी हुनेछ । व्यापारमा स्रोत साधन जुट्नेछ र व्यवसाय विस्तारका लागि यात्रा हुन सक्छ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
स्रोत साधन जुटाई नयाँ काम सुरु गर्न सकिनेछ । व्यापार फस्टाउनेछ र थप लगानी गर्ने अवसर मिल्नेछ । प्रतिस्पर्धीलाई पराजित गर्दै अधिकार र प्रतिष्ठा जोगाउन सकिनेछ । अध्ययनमा गरेको मेहनतको फल पाउनेछ । खाद्यान्न, निर्माण सामग्री, अटो पार्ट्स तथा वित्तीय क्षेत्रमा लगानीबाट नाफा कमाउन सकिनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
प्रेममा नजिकपन बढ्नेछ । पति–पत्नीबीच सम्बन्ध मजबुत हुनेछ । सन्तानको प्रगतिमा खुशी मिल्नेछ । पढाइमा उत्कृष्ट नतिजा प्राप्त हुनेछ । आकस्मिक धन वा सम्पत्ति लाभ हुने योग छ । चिट्ठा वा उपहार प्राप्त हुने सम्भावना पनि छ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
व्यवसाय तथा उद्योगमा आम्दानी बढ्नेछ । कृषि र पशुपालनमा सफलता मिल्नेछ । स्वास्थ्य केही कमजोर भए पनि राम्रो काम गर्न सकिनेछ । आमासँग सम्बन्ध मधुर हुनेछ । लामो यात्राको योग छ । प्रेममा विश्वास बढ्नेछ र रमाइलो समय बित्नेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
थोरै परिश्रममा राम्रो आम्दानी हुनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ । विवादित विषय हल हुनेछन् र न्यायिक निर्णय आफ्ना पक्षमा आउनेछन् । अध्ययनमा मन जानेछ । मनपर्ने व्यक्तिसँग छोटो रमाइलो यात्रा हुनेछ र स्वादिष्ट भोजनमा रमाउने अवसर मिल्नेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
खाद्यान्न, होटल तथा रेष्टुरेन्ट क्षेत्रमा लगानीबाट फाइदा हुनेछ । निर्माण सामग्री, गरगहना तथा औषधी व्यापारमा वृद्धि हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समय शुभ छ । रमाइलो स्थानको यात्रा गर्ने अवसर जुर्नेछ । पारिवारिक तथा मनोरञ्जनात्मक यात्रामा समय खर्च हुनेछ । नयाँ काम पाउने र पदोन्नतिको सम्भावना पनि छ । अध्ययनमा मन जानेछ र पढाइकै सिलसिलामा यात्रा हुने योग छ ।

तपाईंको दिन शुभ रहोस् ।