स्थायी शिक्षकको रूपमा कार्यरत लमजुङ शारदा माध्यमिक विद्यालयकी शिक्षिका दीपा पाइजामगरले अध्यापन पेशाबाट राजीनामा दिएर कोरिया जान तयारी गर्नुभएको छ।

२०७९ सालमा विज्ञान विषयका लागि स्थायी कोटाबाट नियुक्त भएकी पाइजामगर हालसम्म त्यही विद्यालयमा कार्यरत थिइन्। तर सधैं घरदेखि टाढा रहँदै जागिर खानु परेको कारण विदेश जाने निर्णय गर्नुभएको बताइएको छ।

बागलुङको बडिगाड गाउँपालिका घर भएकी पाइजाले आफ्नो भविष्य र आर्थिक स्थायित्वका लागि कोरिया रोज्नुभएको हो। विद्यालयका सहकर्मीहरूले उहाँको निर्णयप्रति शुभकामना दिँदै शिक्षण सेवामा उहाँको योगदानको प्रशंसा गरेका छन्।