अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउपालिका ३ बरकारुख र त्रीवेणी खोला सडकको बिच कजवेमा मोटरसाइकल दुर्घटना हुदाँ २ जनाकाे मृत्यू भएको छ ।
अर्घाखाँची जिल्ला अस्पतालका अनुसार २ जनाकाे बिच बाटौमै मृत्यू भएको जनाएको छ ।मृत्यू हुनेमा पाणिनि-४ पटाैटीका अन्दाजी २४ वर्षिय सागर वि.क. र १८ वर्षिय गाैतम विक रहेका छन् ।

घाइते चतुर घर्तिलाई थप उपचारका लागि पाल्पा पठाईएकाे छ ।
रोकिरहेको ट्याक्टरमा ठोकिएर अनियंत्रित दुर्घटना भएको थियो । मोटरसाइकलमा ३ जना सवार थिए ।

घटनाको अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ । दुर्घटना पश्चात् करिब एक घण्टा पछि प्रहरी आएको स्थानीयले देउराली अनलाइनलाई जानकारी गराएका छन् । समयमा एम्बुलेन्स र प्रहरी आउन नसक्दा उद्दारमा ढिलाई भएको स्थानियको भनाइ छ ।