आजको पञ्चाङ्ग र राशिफल

राहुकाल
दिउँसो ३ बजेर ५४ मिनेटदेखि बेलुकी ५ बजेर १७ मिनेटसम्म राहुकाल रहनेछ । यस समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रह्म मुहूर्त
बिहान ४ बजेर ३९ मिनेटदेखि बिहान ५ बजेर २७ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ । यस समयमा पूजा, ध्यान तथा मन्त्रजप गर्न शुभ मानिन्छ ।

आजको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
खर्च भावमा गोचर गर्ने चन्द्रमाले फजुल खर्च बढाउनेछ । खानपान तथा मौसमको ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउन सक्छ । उपचार खर्चमा वृद्धि हुने योग छ । व्यापारमा भनेजस्तो आम्दानी नहुँदा दैनिकी प्रभावित हुन सक्छ । आफ्नै मानिसलाई विश्वास गर्दा धोका पाइने सम्भावना छ । लामो दूरीको विदेश यात्रा हुने तथा विदेशी सामानको व्यापारबाट आम्दानी हुन सक्छ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
सवारी साधन तथा अन्य भौतिक सम्पत्तिमा लाभ हुनेछ । पढाइ–लेखाइमा सुधार भएर अरूभन्दा अगाडि बढ्न सकिनेछ । इच्छित कार्यहरू पूरा हुने र नयाँ अवसर प्राप्त हुने योग छ । सरकारी वा पैतृक सम्पत्ति हात लाग्ने सम्भावना पनि रहन्छ । व्यापार तथा वित्तीय बजारमा लगानी गर्दा आम्दानीका स्रोतहरू बढ्न सक्छन् । दाजुभाइ तथा आफन्तबाट अपेक्षित सहयोग प्राप्त हुनेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
उच्च तथा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । विभिन्न अवसरको सदुपयोग गर्दै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाइनेछ र पद प्राप्तिको योग पनि छ । अध्ययनमा प्रतिस्पर्धीलाई पछि पार्दै राम्रो नतिजा हात पार्न सकिनेछ । माया–प्रेममा सामिप्यता बढ्नेछ र यात्राको अवसर प्राप्त हुनेछ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
सामाजिक कार्यमा संलग्न भई नाम र दुवै कमाउन सकिनेछ । पढाइ–लेखाइमा सुधार हुनेछ र आफन्तहरूलाई खुसी पार्न सकिनेछ । रीतिरिवाज जोगाउने कार्यमा समय खर्च हुनेछ । तीर्थयात्राको सम्भावना छ । व्यापारमा लगानी बढाएर नाफा कमाउन सकिने समय हो । बिहानको समय मध्यमय रहने भएकाले आफन्तसँग मनमुटाव हुन सक्छ, त्यसैले संयम अपनाउनुहोस् ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
स्वास्थ्यमा समस्या आउन सक्छ जसले दैनिक कार्यमा प्रभाव पार्नेछ । चिन्ता र अस्थिरताले आत्मविश्वासमा कमी ल्याउनेछ । नगर्नुपर्ने काममा हात हाल्दा घाटा लाग्ने सम्भावना छ । धन तथा पैतृक सम्पत्ति हराउने वा लुटिने योग भएकाले सावधानी अपनाउनुहोस् । माया–प्रेममा पनि धोका मिल्न सक्छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
अध्ययनमा उत्कृष्ट नतिजा प्राप्त भई सम्मान र पुरस्कार पाइनेछ । स्वास्थ्य राम्रो रहनेछ र नयाँ काम गर्ने जोस बढ्नेछ । व्यापार तथा शेयर बजारबाट नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ र पारिवारिक सम्बन्ध मजबुत हुनेछ । राज्य पक्षबाट सम्मान वा पद प्राप्तिको योग छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
व्यापारमा मनग्गे आम्दानी हुनेछ । विरोध गर्नेहरू पनि तपाईँको प्रशंसा गर्न थाल्नेछन् । प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ । मुद्दा–मामिला तपाईँकै पक्षमा फैसला हुने सम्भावना छ । स्वास्थ्य राम्रो रहनेछ र मेहनतको उचित प्रतिफल पाउने समय हो ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
व्यवसायमा लगानी गरेर राम्रो नतिजा प्राप्त हुनेछ । पढाइ–लेखाइमा सुधार हुनेछ । माया–प्रेममा नजिकपन बढ्नेछ र परिवारसँग रमाइलो समय बित्नेछ । सबैको सहयोग प्राप्त हुने भएकाले कार्यमा जोस बढ्नेछ । आकस्मिक धन लाभ वा उपहार प्राप्त हुने सम्भावना छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
माया–प्रेममा सामान्य खटपट हुन सक्छ । जीवनसाथीको असहयोगले काममा ढिलाइ हुन सक्छ । राजनीति वा समाजसेवामा खर्चिलो तर कम उपलब्धिपूर्ण समय हुनेछ । व्यापारमा लगानी गरे पनि तत्कालिक नतिजा नआउन सक्छ । पढाइमा ध्यान नदिँदा चिन्ता बढ्न सक्छ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
गुमेको साख फिर्ता हुनेछ र प्रतिष्ठा बढ्नेछ । समयको सदुपयोग गर्दै भाग्य वृद्धिको मार्ग खुल्नेछ । दाजुभाइ र आफन्तको सहयोग प्राप्त हुनेछ । छोटो तर फलदायी यात्रा हुन सक्छ । खानपान र मनोरञ्जनमा समय बित्नेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
सबैको सहयोगले प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । बोलेर गर्ने पेशा वा व्यवसाय फस्टाउनेछ । साझेदारीमा गरिएको काम सफल हुनेछ । आर्थिक अवस्थामा सुधार आउनेछ । माया–प्रेममा निकटता बढ्नेछ । गीत, संगीत वा मोडलिङ पेशाबाट आम्दानी हुन सक्छ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
प्रविधिको प्रयोगबाट रचनात्मक काम गरी धन आर्जन गर्न सकिनेछ । नयाँ काममा सहयोगी हातहरू भेटिनेछन् । व्यापार र शेयर बजारमा नाफा कमाउन सकिनेछ । पढाइमा सफलता पाइनेछ र पहिलेका प्रयास सफल बन्दै जानेछन् । समाजसेवा तथा राजनीतिमा सक्रियता बढ्नेछ ।

तपाईँको दिन शुभ रहोस् ।