बिहान ४ बजेर ३८ मिनेटदेखि बिहान ५ बजेर २६ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
आफूले माया गर्ने व्यक्तिलाई वरिपरि देख्दा मन प्रसन्न हुनेछ । परिवारका आवश्यकताहरू पूरा गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ । साथीभाइसँग रमाइलो भेटघाट हुनेछ र मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । पैतृक सम्पत्तिको सदुपयोग गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । प्रविधिको प्रयोगमार्फत आफ्ना विचार जनमानसमा पुर्‍याउन सकिनेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
रुचिको विषय अध्ययन गरी बौद्धिकता विस्तार गर्न सकिनेछ । राजनीतिज्ञ वा विशिष्ट व्यक्तित्वको सङ्गतले राम्रा काम गर्न प्रेरणा मिल्नेछ । कृषि तथा पशुपालन व्यवसायमा आधुनिकीकरणमार्फत धन आर्जन सम्भव छ । पुरुषार्थका साथ लक्ष्य पहिल्याउन सकिनेछ । प्रेम सम्बन्धमा नजिकिने अवसर आउनेछ । तर यात्रा गर्दा सावधानी अपनाउनुहोला ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
धार्मिक वा शैक्षिक यात्राको सम्भावना प्रबल छ । सानो प्रयत्नले उल्लेखनीय उपलब्धि हात लाग्नेछ । व्यापारबाट सामान्य नाफा कमाइनेछ । योग, ध्यान तथा आध्यात्मिक कार्यमा लाग्नेहरूका लागि अनुकूल समय हो । कृषि क्षेत्रमा मौसमको असरले केही चुनौती आउन सक्छ । प्रेममा रमाउन चाहनेहरूका लागि दिन शुभ छ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
व्यवसायमा नयाँ लगानीका लागि समय मध्यम छ । परिवारमा विवाद बढ्ने सम्भावना छ, विशेषतः पति–पत्नी वा आफन्तबीच । आर्थिक व्यवस्थापनमा कठिनाइ आउन सक्छ । अध्ययनमा ध्यान नदिँदा पछि पर्न सकिनेछ । संयमित रहनुहोला ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
व्यवसायिक यात्राको सम्भावना उच्च छ । लगानीमा नाफा कमाइनेछ । अध्ययन, लेखन, कला तथा सङ्गीतमा रुचि बढ्नेछ । तपाईँको प्रतिभाको प्रशंसा हुनेछ । प्रेम सम्बन्धमा विश्वास बढ्नेछ । प्रविधिको सदुपयोगले धन आर्जन गर्न सकिनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
लामो यात्राबाट मनग्गे उपलब्धि हात लाग्नेछ । माया प्रेममा नजिकिने समय अनुकूल छ । वादविवाद वा मुद्दा मामिलामा जित्ने सम्भावना छ । दाम्पत्य सम्बन्ध मजबुत बन्नेछ । अध्ययन र काममा प्रविधिको प्रयोगले सफलता दिलाउनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
उपहार तथा चिट्ठा प्राप्तिको सम्भावना छ । नयाँ सदस्यको आगमनले परिवारमा खुसी छाउनेछ । सन्तानको प्रगति देख्दा हर्ष अनुभव हुनेछ । व्यवसायमा लगानीबाट लाभ पाइनेछ । प्रेम र आत्मीयताको वातावरण बन्नेछ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनुहोला । जग्गा–माटोसम्बन्धी कामबाट लाभ मिल्नेछ । कृषि तथा पशुपालन व्यवसाय लाभदायक बन्नेछ । टाढाको यात्राले मन खिन्न तुल्याउन सक्छ । प्रेम सम्बन्धमा सामान्य मनमुटावको सम्भावना छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
महत्त्वाकाङ्क्षी योजना सार्वजनिक गरी आर्थिक अवस्था सुदृढ बनाउन सकिनेछ । लेखन र कलामा प्रगति हुनेछ । दाजुभाइको सहयोगले राम्रा काम सम्पादन हुनेछन् । छोटो यात्राबाट फाइदा हुनेछ । प्रेम र दाम्पत्य सम्बन्ध प्रगाढ बन्नेछ । यात्रामा प्रकृतिसँग रमाउने अवसर मिल्नेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख,खी,खू,खे,खो,गा,गी)
पति–पत्नीबीच मधुरता बढ्नेछ । इष्टमित्र सहयोगी बन्नेछन् । बोलीमा मधुरता झल्कनेछ र भाग्य सुदृढ रहनेछ । धार्मिक भावना जाग्नेछ र तीर्थाटनको अवसर प्राप्त हुनेछ । नोकरीमा ख्याति बढ्नेछ । राजनीति र व्यवसायमा सफलता मिल्नेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
मेहनत र जुझारुपनाले आटेका काम सफल हुनेछन् । दैनिक उपभोग्य वस्तुको व्यापारबाट लाभ पाइनेछ । परिवारसँग रमाइलो समय बिताउने मौका मिल्नेछ । पैतृक सम्पत्ति प्रयोग गर्न सकिनेछ । अध्ययन वा कामको सिलसिलामा लामो यात्राको सम्भावना छ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
काम गर्दा विशेष ध्यान दिनुहोला, जरिवाना वा दण्डको योग छ । स्वास्थ्यमा समस्या आउन सक्छ । पढाइमा ध्यान नदिँदा पछि पर्न सकिनेछ । लामो दुरीको यात्राको योग छ । विदेशी व्यापार वा वैदेशिक रोजगारमा संलग्नहरूका लागि दिन लाभदायी हुनेछ । छोटो यात्रामा रमाइलो हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।