बिहान ४ बजेर ३७ मिनेटदेखि ५ बजेर २५ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
सरकारी तथा प्राकृतिक स्रोत–साधनको प्रयोगमार्फत धन आर्जन गर्न सकिनेछ । आफन्त तथा दाजुभाइको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा प्रगति गर्न सकिनेछ तथा अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्राको योग रहेको छ । प्रेमील जोडीहरूका लागि यात्राको अवसर जुर्नेछ भने मनमोहक दृश्यहरू मनमुटुमा कैद गर्न सकिनेछ । प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । औद्योगिक क्षेत्रमा मन्दीको सामना गर्नुपर्ने हुन सक्छ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
सामाजिक तथा राजनीतिक क्षेत्रमा रुचि बढ्नेछ । समाजमा मान–सम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । आत्मीय मित्र तथा आफन्तसँग रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोस, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउँदै जानेछ । कृषि तथा पशुपालनमा गरिएको समय फलदायी हुनेछ । व्यापार तथा औद्योगिक क्षेत्रको लगानीबाट न्यून मात्रामा आम्दानी हुनेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
बौद्धिकताको प्रयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ । उत्तम वस्त्र, मनपर्ने तथा विलासी वस्तु हात लाग्नेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो रहनेछ र संस्कार–संस्कृतिको जगेर्नामा समय व्यतीत हुनेछ । भाग्य तथा समयले साथ दिने भएकाले सानो लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेमलाई विवाह रूपी निकास दिने सहमति जुट्ने योग रहेको छ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
खानपान तथा मौसमको ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ । कार्यक्षेत्रमा आलोचकहरू बढ्नेछन् र काम बिग्रने डर रहन्छ । व्यापार व्यवसायमा मन्दी आउन सक्छ र आम्दानी घट्नाले दैनिकी प्रभावित हुनेछ । पढाइमा मन नलाग्दा नतिजा आफूतिर ल्याउन कठिनाइ हुनेछ । प्रेममा धोका हुन सक्छ, सचेत रहनुहोस् । तर अनुसन्धानकर्ताका लागि समय उत्तम रहनेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
व्यापार व्यवसायमा घाटा लाग्ने सम्भावना छ, सावधानी अपनाउनुहोस् । माया–प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा मनमुटाव आउन सक्छ । समय र परिस्थिति अनुसार नचल्दा दुःख पाइनेछ । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ र उपचार खर्च बढ्न सक्छ । पढाइमा ध्यान दिन नसक्दा पछाडि पर्न सक्ने सम्भावना छ । सवारी साधन चलाउँदा विशेष ध्यान दिनुहोस् ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
प्रेम तथा मित्रताको सम्बन्ध मजबुत हुनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनार लगाउँदै सफलता हात पार्न सकिनेछ । लामो समयदेखि रोकिएका काम बन्नेछन् र मन उत्साहित हुनेछ । शत्रु परास्त हुनेछन् र न्यायिक निर्णयहरू तपाईंको पक्षमा आउनेछन् । स्रोत–साधन जुटाउँदै व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । तर औद्योगिक क्षेत्रमा मन्दीको सामना गर्नुपर्ने सम्भावना छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
शिक्षा तथा शिक्षासँग सम्बन्धित व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । बैंक तथा वित्तीय क्षेत्रमा जागिर वा बढुवा पाउने योग छ । पढाइमा मन जानेछ र अध्ययनकै सिलसिलामा यात्रा हुने सम्भावना छ । प्रेम गर्ने जोडीहरूका लागि समय शुभ छ । भौतिक सम्पत्ति तथा विलासी वस्तु उपहारको रूपमा प्राप्त हुन सक्छ । व्यापारमा सुझबुझका साथ लगानी गर्नुहोस् ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
माया–प्रेममा अविश्वास सिर्जना हुन सक्छ भने आमासँग मनमुटावको सम्भावना छ । अन्य काममा व्यस्त हुँदा पढाइ कमजोर हुन सक्छ । राजनीति तथा समाजसेवामा समय लगानी गरे पनि अपेक्षित पद–प्रतिष्ठा नपाइने सम्भावना छ । व्यापारमा बढी समय खर्चिनुपर्नेछ । तर कृषि तथा पशुपालनमा लगानी गर्नेहरूले भनेजस्तो आम्दानी गर्न सक्नेछन् ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
पराक्रम बढ्नेछ र जोसिलो काम गर्ने उत्साह आउनेछ । सानो प्रयत्नले ठूलो सफलता प्राप्त हुनेछ । प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया–प्रेममा सामीप्यता बढ्नेछ । अध्ययन–अध्यापनमा प्रगति हुनेछ र लक्ष्य भेटाउन सकिनेछ । दाजुभाइ तथा छिमेकीसँग सम्बन्ध सुधार हुनेछ । तर व्यापारमा मन्दी आउन सक्छ र मौसम प्रतिकूल हुनसक्छ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
माया–प्रेममा विश्वास बढ्नेछ र मन प्रसन्न रहनेछ । कला, साहित्य र सिर्जनशील क्षेत्रमा समय दिनेहरूले राम्रो धन र सम्मान कमाउनेछन् । पढाइमा थोरै समय दिए पनि सफलता हात लाग्नेछ । कुटुम्बबाट सहयोग प्राप्त हुनेछ । तर मौसम प्रतिकूल हुँदा कृषि तथा उद्योग क्षेत्रमा असर पर्न सक्छ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
पारिवारिक माहौल रमाइलो हुनेछ र दिन उल्लासमय रहनेछ । महँगो तथा विलासी वस्तुको प्रयोग गर्ने अवसर मिल्नेछ । राजनीति तथा सामाजिक कार्यमा जनताको समर्थन प्राप्त हुनेछ । प्रतिष्ठित काम गरेर इज्जत कमाउन सकिनेछ । प्रेममा नजिकिने अवसर प्राप्त हुनेछ । अनलाइन व्यापार वा प्रविधि प्रयोगमार्फत आम्दानी बढ्नेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
सामान्य काममा अल्झने सम्भावना छ । अरूको काममा व्यस्त हुँदा आफ्ना काम थाती रहन सक्छन् । पढाइमा समय दिन नसक्दा नतिजा कमजोर हुने सम्भावना छ । स्वास्थ्यमा समस्या आउन सक्छ र औषधि–उपचार खर्च बढ्न सक्छ । व्यापारमा मन्दी आउनेछ । प्रेममा रमाउन चाहनेका लागि समय सामान्य रहनेछ । तर विदेशी सामानको व्यापारमा वृद्धि हुनेछ ।

तपाईंको दिन शुभ रहोस् ।