बिहान ४ बजेर ३६ मिनेटदेखि बिहान ५ बजेर २४ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
स्वास्थ्य कमजोर रहने सम्भावना छ भने पारिवारिक स्वास्थ्यमा धन खर्च हुने योग छ । जग्गा वा सवारी साधनसम्बन्धी झमेलामा फस्ने सम्भावना भएकाले सावधानी अपनाउनुहोला । राजनीति तथा समाजसेवामा जनताको काम गर्दा आलोचनाको सामना गर्नुपर्न सक्छ । यद्यपि परिवार र आफन्तसँग रमाइलो समय व्यतीत हुनेछ । वित्तीय बजारमा गरिएको लगानीबाट नाफा कमाउने अवसर मिल्नेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
आकस्मिक रूपमा धन र सम्पत्ति प्राप्त हुने योग छ । समस्याहरूको सजिलै समाधान गर्दै उपलब्धिमूलक काम गर्न सकिनेछ । अध्ययन र अनुसन्धानमा सोचेभन्दा राम्रो प्रगति हुनेछ । व्यापार व्यवसाय फस्टाउनेछ र प्रतिफल पाउनेछ । धार्मिक कार्य तथा मन्दिर यात्राको अवसर जुर्नेछ । परिवारसँग भेटघाट र मनोरञ्जनमा समय बित्नेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले खानपानमा ध्यान दिनुहोस् । आफन्त र दिदीबहिनीहरूसँग मनमुटाव बढ्न सक्छ । अहिलेका लागि व्यापारमा लगानी नगर्नु नै राम्रो हुनेछ । पढाइमा ध्यान नदिँदा अरूभन्दा पछि पर्न सकिनेछ । तर प्रविधिको सहायताले आफ्ना विचार जनमानसमा पुर्‍याउन सकिनेछ । माया–प्रेममा रमाउन चाहनेका लागि समय अनुकूल छ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
पढाइ–लेखाइमा राम्रो नतिजा प्राप्त हुनेछ र अग्रजहरू खुसी रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजनको आनन्द लिन सकिनेछ । प्रेममा सामिप्यता बढ्नेछ र दाम्पत्य सम्बन्ध बलियो हुनेछ । प्रविधिको माध्यमबाट आफ्ना विचार जनमानसमा पुर्‍याउन सकिनेछ । व्यापार र शेयर बजारमा लगानीबाट नाफा कमाउन सकिनेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
काम दोहोर्याउनुपर्दा मानसिक तनाव बढ्न सक्छ । पुराना रोगहरू बल्झन सक्ने भएकाले स्वास्थ्यमा ध्यान दिनुहोस् । लगानीका लागि केही समय पर्खनु उचित हुनेछ । आम्दानीमा कमी आउन सक्छ । प्रेम सम्बन्धमा असमझदारीका कारण दूरी बढ्न सक्नेछ । विवादमा सामेल भए हार्ने सम्भावना छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
सन्तान सुख प्राप्त हुने योग छ । धर्म, अध्यात्म र शास्त्रतर्फ आकर्षण बढ्नेछ । प्रेमी–प्रेमिकाबीच आत्मीयता र उपहार आदान–प्रदानको सम्भावना छ । परिवार र आफन्तसँग रमाइलो यात्रा हुनेछ । पहिरन तथा गरगहनाको व्यवसायमा वृद्धि हुनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
कृषि र पशुपालनमा गरिएको लगानीबाट राम्रो आम्दानी हुनेछ । अध्ययन वा कामका कारण आमा र आफन्तबाट टाढिनुपर्दा मन खिन्न हुन सक्छ । घर–जग्गा र सवारी साधनको कारोबारबाट लाभ हुने योग छ । प्रेममा दूरी राख्नु बुद्धिमानी हुनेछ, नजिकिँदा मनमुटाव हुन सक्छ । अरूको काममा व्यस्त हुँदा आफ्ना कार्य थाती रहनेछन् ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
सुरु गरेको काममा आफन्त र दाजुभाइको सहयोग प्राप्त हुनेछ । विवादित विषयहरू आफ्नै पक्षमा टुंगिनेछन् । पुराना मित्रहरूसँग भेट हुने हुँदा मन प्रसन्न रहनेछ । प्रविधिको प्रयोगबाट आफ्ना भनाइहरू जनमानसमा पुर्‍याउन सकिनेछ । तर यात्रा गर्दा र खानपानमा विशेष सावधानी अपनाउनुहोस् । वित्तीय लगानीका लागि केही समय पर्खनु उपयुक्त हुनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । बोलेर गर्ने पेसा वा व्यवसाय फस्टाउनेछ । परिवारसँग मिलेर गरिएको व्यापारमा सफलता पाइनेछ । आर्थिक स्थिति सुधार हुँदै जानेछ । प्रेममा रमाउन चाहनेका लागि समय शुभ छ । गीत, संगीत र मोडलिङमा संलग्न व्यक्तिहरूका लागि पनि दिन लाभदायी रहनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
व्यापारमा लगानीबाट मनग्गे आम्दानी हुनेछ । विद्यार्थीहरूले मेहनतका साथ राम्रो नतिजा ल्याउन सक्नेछन् । प्रेममा आत्मीयता बढ्नेछ । परिवार र साथीभाइसँग रमाइलो यात्रा हुनेछ । सवारी साधन तथा सम्पत्ति प्राप्तिको योग छ । सामाजिक कार्यमा व्यस्त रहँदा मन प्रसन्न रहनेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
विदेश यात्रा वा अध्ययनका अवसर प्राप्त हुनेछन् । खर्च बढे पनि उपलब्धिमूलक कार्य सम्पन्न हुनेछन् । अग्रज र साथीहरूसँग रमाइलो समय बिताउने अवसर मिल्नेछ । मिष्ठान्न भोजन ग्रहण गर्ने योग छ । तर स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले सावधानी अपनाउनुहोस् ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
अग्रजहरूको सल्लाहअनुसार अघि बढ्दा सफलता पाइनेछ । बौद्धिकता र सिर्जनशीलताले समाजमा प्रतिष्ठा बढ्नेछ । परिवारसँग रमाइलो यात्रा हुनेछ । भौतिक सम्पत्ति र उपहार प्राप्तिको योग छ । नयाँ कामहरू सुरु गरेर आम्दानीका स्रोतहरू विस्तार गर्न सकिनेछ ।

तपाईंको दिन शुभ रहोस् ।