काठमाडौँ ।

आज बिहान सङ्खुवासभा केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर ३२ मिनेटमा तिब्बत सीमावर्ती क्षेत्र किमाथांका (सङ्खुवासभा) आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन गरिएको छ । यसको धक्का सङ्खुवासभा आसपासका जिल्ला तथा नजिकका पहाडी क्षेत्रमा समेत महसुस गरिएको थियो ।

हालसम्म भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन ।