बिहान ०४:३५ बजेदेखि बिहान ०५:२३ बजेसम्म ब्रह्ममुहूर्त रहनेछ

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

धर्म तथा अध्यात्मसँग सम्बन्धित व्यापारमा उल्लेखनीय वृद्धि हुनेछ । कार्यक्षेत्रमा सहकर्मीको साथ रहने भएकाले उपलब्धि हासिल गर्न सकिनेछ । लामो दूरीको धार्मिक तथा शैक्षिक यात्राको सम्भावना छ । प्रेम सम्बन्ध सुमधुर रहनेछ भने जीवनसाथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । परिवार र आफन्तसँग समय बित्नेछ तथा रमाइलो ठाउँको भ्रमण हुने योग छ । भौतिक सुख–सुविधामा वृद्धि हुनेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

नसोचेको धन तथा सम्पत्ति प्राप्तिको योग रहेको छ । आफन्त तथा दिदीबहिनीको सहयोगले महत्वपूर्ण काम गर्न सकिनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागि समय उत्तम छ । व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । शुभ तथा माङ्गलिक समारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । कर्म प्राप्तिको निम्ति लामो दूरीको यात्रा तय हुनेछ । योग, ध्यान तथा धर्मकर्ममा मन जानेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

जीवनसाथीको सहयोगले उपलब्धिमूलक काम गर्न सकिनेछ । व्यापार फस्टाउँदै जानेछ भने व्यापारकै सिलसिलामा लामो दूरीको यात्रा हुन सक्छ । अध्ययन–अध्यापनमा मन जानेछ र खोजमूलक क्षेत्रमा भनेजस्तो नतिजा पाइनेछ । माया–प्रेमको सम्बन्ध बलियो हुनेछ । सवारी साधन तथा विलासी सामान हात लाग्ने सम्भावना छ । धर्म तथा अध्यात्मतर्फ आकर्षण बढ्नेछ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

प्रतिस्पर्धामा अग्र स्थान प्राप्त हुनेछ । टुटेका सम्बन्धहरू पुनः प्रगाढ बन्नेछन् । लगानी फस्टाउँदै जानेछ र आय–आर्जनका नयाँ स्रोत खुल्नेछन् । प्रेममा नजिक हुने योग छ । पुराना ऋण तथा रोगबाट मुक्ति पाइनेछ । कुटुम्ब र मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । धर्म तथा अध्यात्मतर्फ मन जानेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

अध्ययन तथा अध्यापनमा राम्रो उपलब्धि हासिल हुनेछ । आम्दानीको तुलनामा खर्च कम हुने भएकाले लगानी गर्न सकिनेछ । काम गर्ने वातावरण अनुकूल बन्नेछ र आर्थिक अवस्था सुधारिनेछ । आफन्त र प्रिय व्यक्तिबाट उपहार तथा विलासी वस्तु प्राप्त हुने योग छ । सन्तानको प्रगति देख्दा हर्ष अनुभव हुनेछ । धार्मिक कार्य तथा यात्रामा मन जानेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

राजनीति तथा समाजसेवामा गरेको परिश्रमले पद र प्रतिष्ठा दिलाउनेछ । व्यापारमा मनग्गे धन आर्जन गर्न सकिनेछ । कृषि तथा पशुपालनमा लगानी गर्नेहरूले राम्रो आम्दानी पाउनेछन् । माया–प्रेममा निकटता बढ्नेछ भने पति–पत्नीबीच सम्बन्ध प्रगाढ बन्नेछ । धर्म तथा धार्मिक यात्रामा समय व्यतीत हुनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

समय र भाग्यले साथ दिने हुँदा सानो लगानीबाट पनि राम्रो आम्दानी गर्न सकिनेछ । परिश्रम र पुरुषार्थद्वारा नाम र दाम दुवै कमाउन सकिनेछ । सूचना–प्रविधि तथा अनलाइन व्यापारमा सफलता मिल्नेछ । दाजुभाइ तथा आफन्तको सहयोग प्राप्त हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समय शुभ छ । धर्मकर्ममा मन जानेछ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

धन भावमा शुभ ग्रहको प्रभाव रहनेछ । धर्मसँग सम्बन्धित वस्तुमा लगानीबाट आम्दानी बढ्नेछ । बोलेरै धन कमाउने योग छ । आफन्त र कुटुम्बसँग रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समय अनुकूल छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

नयाँ प्रविधिको प्रयोग गरी व्यापार विस्तार गर्न सकिनेछ । पढाइमा सुधार हुनेछ र मेहनतको फल प्राप्त हुनेछ । प्रेम सम्बन्धमा समझदारी बढ्नेछ । राजनीति तथा समाजसेवामा सक्रियहरूले मान–सम्मान र प्रतिष्ठा कमाउनेछन् । धार्मिक कार्यमा सहभागी हुन पाउँदा मन प्रसन्न हुनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)

विदेश यात्राको योग छ । विदेशमा अध्ययन वा व्यवसाय गर्नेहरूका लागि समय फलदायी रहनेछ । खर्च बढे पनि उपलब्धिमूलक कार्य सम्पन्न हुनेछन् । अग्रज तथा साथीहरूको साथमा रमाइलो समय बित्नेछ । धार्मिक कार्यमा सहभागी हुन पाउँदा मन आनन्दित हुनेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)

लामो समयदेखि रोकिएका कामहरू बन्नेछन् । परिवारका इच्छा तथा आकांक्षा पूरा हुनेछन् । पैतृक धन र सञ्चित सम्पत्तिको सदुपयोग गर्न सकिनेछ । अध्ययनमा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । प्रेमी जोडीका लागि समय अनुकूल छ । धर्म तथा अध्यात्ममा मन केन्द्रित हुनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

तारिफयोग्य काम गरी नाम र दाम दुवै कमाउन सकिनेछ । पैतृक स्रोत र साधनको प्रयोगले आम्दानी बढ्नेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाउनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाइनेछ । प्रेमी जोडीका लागि समय शुभ छ । योग, ध्यान तथा धार्मिक कार्यमा समय व्यतीत हुनेछ ।

तपाईंको दिन शुभ रहोस् ।