ब्रह्म मुहूर्त
बिहान ४ बजेर ३४ मिनेटदेखि ५ बजेर २२ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
खानपान तथा मौसमको ध्यान दिनुहोस् । स्वास्थ्यमा समस्या आउन सक्नेछ र औषधोपचार खर्च बढ्ने सम्भावना छ । धेरै समय दिए मात्र व्यापार–व्यवसायबाट आम्दानी गर्न सकिनेछ । सामाजिक कार्यमा समय दिन नसकिने हुनाले नयाँ जिम्मेवारी नलिनु राम्रो हुनेछ । अध्ययनमा मन नलाग्दा नतिजा अरूकै पोल्टोमा पर्न सक्छ । प्रेममा धोका मिल्ने सम्भावना छ । भौतिक सम्पत्ति प्रयोग गर्दा सावधानी अपनाउनुहोस् । तर पनि यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
चलिआएका परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन् । इच्छाशक्ति र आत्मविश्वास बढ्नेछ, जसले गर्दा प्रयत्न गरेको काम छोटो समयमा पूरा हुन सक्छ । विशेष समारोहमा प्रतिष्ठा, मान–सम्मान प्राप्त हुनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको सम्बन्ध अझ बलियो बन्नेछ । छोटो दूरीको धार्मिक तथा शैक्षिक यात्रा हुनेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
मामा तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । पारिवारिक आवश्यकताहरू पूरा गर्न सकिनेछ । न्यायिक निर्णयहरू तपाईंको पक्षमा आउनेछन् । पढाइ–लेखाइमा उत्कृष्ट नतिजा प्राप्त हुनेछ । व्यापार तथा वित्तीय क्षेत्रबाट मनग्गे नाफा कमाउन सकिनेछ । प्रेममा सामीप्य बढ्नेछ र वैवाहिक सम्बन्धमा आत्मीयता गहिरिनेछ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
रमाइलो भेटघाट र स्वादिष्ट भोजनको अवसर जुर्नेछ । शुभचिन्तक तथा आफन्तको सल्लाहलाई सम्मान गर्दै अघि बढ्दा गन्तव्य पहिल्याउन सजिलो हुनेछ । व्यापार तथा वित्तीय क्षेत्रमा लगानी गरेर मनग्गे आम्दानी गर्न सकिनेछ । नयाँ योजनाको रूपरेखा बनाउन सकिनेछ । प्रेममा नजिक भई भावना साटासाट गर्न पाइनेछ । उपहार तथा भौतिक सम्पत्ति प्राप्तिको योग छ । छोटो दुरीको यात्राको तय हुनेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
साथीभाइ वा आफन्तसँग राय नमिल्दा दैनिक काम प्रभावित हुन सक्छ । राजनीति तथा समाजसेवामा संलग्नहरूले सावधानीपूर्वक निर्णय लिनुहोस् । ढिलाइ र निर्णयहीनताका कारण अवसर हातबाट फुत्किन सक्छ । घरजग्गा तथा सवारीसाधन प्रयोग गर्दा विवाद वा किचलो हुनसक्छ । अध्ययन तथा अनुसन्धानमा रुचि बढ्नेछ । व्यापारमा लगानी फस्टाउनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
अध्ययनमा राम्रो नतिजा प्राप्त हुनेछ । छोटो तथा रमाइलो यात्राको अवसर मिल्नेछ । विवादित विषयमा निर्णय तपाईंको पक्षमा आउनेछ । दाजुभाइ तथा छिमेकीसँग मिलेर गरिएको व्यापार फस्टाउनेछ । नगद तथा भौतिक सम्पत्ति जुट्नेछ । लगानी गर्न सहज वातावरण बन्नेछ । प्रेममा सामीप्य बढ्नेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
कार्यक्षेत्रमा तपाईंको निर्णयको उच्च सम्मान गरिनेछ । विशिष्ट व्यक्तिबाट सम्मान प्राप्त हुने योग छ । कुटुम्बसँग मिलेर गरिएको व्यापार सफल हुनेछ । पढाइ–प्रतिस्पर्धामा अग्रता लिन सकिनेछ । प्रेममा आत्मीयता बढ्नेछ र वैवाहिक सम्बन्ध अझ प्रगाढ हुनेछ । साथीभाइसँग रमाइलो समय बित्नेछ । धर्म–कर्ममा मन जानेछ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
नयाँ प्रविधि तथा सामाजिक सञ्जालको प्रयोगमार्फत बौद्धिक स्तर फराकिलो बनाउन सकिनेछ । राजनीति वा समाजसेवामा संलग्नहरूले जनताको मन जित्न सक्नेछन् । पद तथा प्रतिष्ठा प्राप्तिको सम्भावना छ । व्यापारबाट मनग्गे धन आर्जन हुनेछ । मन पर्ने वस्त्र तथा अलङ्कार उपहार स्वरूप पाइनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
समय तथा कामको तालमेल नमिल्दा चुनौती आउन सक्छ । अध्ययनमा मन नजानाले नतिजा कमजोर हुन सक्छ । खानपानमा ध्यान दिनुहोस्, स्वास्थ्यमा समस्या आउन सक्छ । लामो दूरीको यात्राको सम्भावना छ । विदेशी संस्थामा रोजगारी वा अवसर मिल्ने योग छ । प्रेममा नजिकता बढ्नेछ । व्यापारी, विद्यार्थी तथा समाजसेवकका लागि समय मध्यम लाभदायक रहनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
अनलाइन व्यापार तथा वित्तीय लगानीबाट आर्थिक अवस्था मजबुत हुनेछ । सीमित स्रोत साधनको सही प्रयोग गरेर ठूलो उपलब्धि हासिल गर्न सकिनेछ । माया–प्रेमको सम्बन्ध गहिरो हुनेछ । पढाइ–लेखाइमा उत्कृष्ट नतिजा प्राप्त हुनेछ । पैतृक सम्पत्ति प्रयोग गरी काम गर्न सकिनेछ । प्रविधि र सामाजिक सञ्जालको सदुपयोगबाट आफ्नो विचार जनमानसमा पुर्‍याउन सकिनेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
राजनीति तथा समाजसेवामा जनताको समर्थन पाइनेछ । कार्यक्षेत्रमा उत्कृष्ट प्रदर्शन गरी लोकप्रियता बढ्नेछ । पढाइमा राम्रो नतिजा आउनेछ । प्रेममा विश्वास र आत्मीयता बढ्नेछ । नयाँ काम वा नोकरीमा पदोन्नति तथा स्थानान्तरणको सम्भावना छ । ध्यान, योग तथा साधनामा समय खर्च हुनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
राम्रा र परिणाममुखी काम गरेर अरूको मन जित्न सकिनेछ । आर्थिक समस्या समाधान हुँदै जानेछ । व्यापारमा वृद्धि हुनेछ । खोज तथा अनुसन्धानमा लाग्नेहरूले सफलता हात पार्नेछन् । धार्मिक कार्यमा मन जानेछ र शैक्षिक तथा तीर्थ यात्रा हुने सम्भावना छ । प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ ।

तपाईंको दिन शुभ रहोस् ।