आजको ब्रह्म मुहूर्त

बिहान ४ बजेर ३० मिनेटदेखि बिहान ५ बजेर १८ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।

आजको राशिफल :

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
विवाद तथा प्रतिस्पर्धामा अरूभन्दा एक कदम अगाडि बढ्न सकिनेछ । शत्रु परास्त हुने तथा पुरानो रोगबाट उन्मुक्ति पाइनेछ । नियमअनुसार गरेका काममा निर्णय तपाईँकै पक्षमा हुनेछ । नोकरीमा बढुवा हुने सम्भावना रहेको छ । प्रेममा सामीप्यता बढ्नेछ भने भेटघाटमा समय व्यतीत हुनेछ । पढाइ–लेखाइमा मन जाने भएकाले अरूभन्दा अग्रमो स्थानमा तपाईँको नाम आउनेछ । खर्च बढे पनि उपलब्धिमूलक कार्यहरू हुनेछन् ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
खोज तथा अनुसन्धानको क्षेत्रमा अपेक्षित परिणाम प्राप्त हुने हुँदा अध्ययनमा जोशजाँगर बढ्नेछ । विलासितामा खर्च बढे पनि भौतिक सम्पत्ति तथा उपहार प्राप्तिको राम्रो सम्भावना रहेको छ । आर्थिक समस्या सुल्झाउँदै शिक्षा र बैंकिङ क्षेत्रमा लगानी बढाउन सकिनेछ । वंशवृद्धिको शुभ संकेत छ भने नोकरीमा पनि प्रगति सम्भव देखिन्छ । बौद्धिक क्षमताले सम्मान दिलाउनेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
घरजग्गा तथा पैतृक सम्पत्तिमा विवाद बढ्ने संकेत छ । सवारीसाधन प्रयोग गर्दा सतर्कता अपनाउनु होला — अप्रत्याशित घटना घट्न सक्ने सम्भावना छ । राजनीति र समाजसेवामा प्रभाव कमजोर हुन सक्छ । व्यापारमा लगानी गरे पनि आम्दानी न्यून हुनसक्छ, जसले दैनिकीलाई असर पुर्‍याउनेछ । प्रेम सम्बन्धमा सामान्य विवाद देखिन्छ । उच्च महत्त्वाकांक्षाले समस्या निम्त्याउन सक्छ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
उद्योग, शेयर बजार तथा उत्पादनमुखी व्यवसायमा लगानी गरी राम्रो धन आर्जन गर्न सकिनेछ । छोटो दुरीको सफल यात्रा सम्भव देखिन्छ । व्यापारमा आम्दानी बढ्नेछ । दाजुभाइ तथा आफन्तबाट अपेक्षित सहयोग पाइने भएकाले मन प्रसन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समय अनुकूल छ । पुराना विवाद समाधान हुँदै जानेछन् । सेवामूलक व्यवसाय फस्टाउने संकेत छ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
असजिला परिस्थितिहरूलाई बुद्धिमत्तापूर्वक समाधान गर्न सकिनेछ । प्रेम सम्बन्धमा मजबूती आउनेछ । जीवनसाथीको सहयोगले राम्रो काम गर्न सकिनेछ । पारिवारिक जमघटमा सहभागी भई स्वादिष्ट भोजनको अवसर प्राप्त हुनेछ । कलाकारिता र फिल्म क्षेत्रमा संलग्न व्यक्तिहरूका लागि नाम र दुवै कमाउने समय आएको छ । कुटुम्बको सहयोग प्राप्त हुनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
नयाँ प्रविधिको प्रयोग गर्दै व्यापारमा लगानी गर्न सकिनेछ, जसबाट राम्रो आम्दानी हुनेछ । आर्थिक अवस्था सुदृढ हुने संकेत छ । पहिलेदेखि रोकिएको रकम फिर्ता आउने सम्भावना छ । समाजसेवामा संलग्न हुँदै जनतासँगको सम्बन्ध प्रगाढ बनाउने समय हो । नयाँ काम प्राप्त हुने र नोकरीमा पदोन्नति हुने सम्भावना छ । प्रेममा विश्वास बढ्नेछ । आत्मविश्वास बढ्नेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
काम गर्दा कानुनको पालना गर्न अत्यन्त जरूरी छ, अन्यथा राज्यबाट जरिवाना वा दण्ड भोग्नुपर्ने स्थिति आउन सक्छ । प्रेम सम्बन्धमा दूरी बढ्नाले मानसिक तनाव हुनसक्छ । यात्राको क्रममा खर्च नियन्त्रण गर्न नसक्दा आर्थिक दबाब बढ्नेछ । यद्यपि वैदेशिक यात्राको सम्भावना बलियो छ । विदेशमा अध्ययन वा रोजगारी गर्नेहरूका लागि सन्तोषजनक दिन रहनेछ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
विभिन्न स्रोत र साधन परिचालन गर्दै दीर्घकालीन फाइदा हुने कार्यको सुरुवात गर्न सकिनेछ । पैतृक सम्पत्तिको सदुपयोग गर्दै आम्दानी बढाउन सकिनेछ । शेयर बजार र बुकिङबाट राम्रो लाभ उठाउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समय अनुकूल देखिन्छ । दाजुभाइको सहयोगमा भौतिक सम्पत्ति तथा सवारीसाधन जोड्न सकिनेछ । सामाजिक सञ्जालमार्फत आफ्ना विचारहरू सार्वजनिक गर्न सकिनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
नेतृत्वदायी भूमिकामा रही काम गर्न सकिनेछ । मान–सम्मान तथा प्रतिष्ठा बढ्नेछ । नयाँ कामको सुरुवात गर्न सकिनेछ । नोकरीमा बढुवा हुने सम्भावना रहेको छ । व्यापार र शेयर बजारमा लगानी गर्न अनुकूल समय हो । कृषि र पशुपालन क्षेत्रमा व्यस्तता बढ्नेछ । पढाइमा रुचि बढ्नेछ र प्रविधिको प्रयोगमार्फत अध्ययन सहज बन्नेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
प्रशासनिक क्षेत्रमा तपाईंको प्रभाव बढ्नेछ । सामाजिक उत्तरदायित्व बहन गर्ने समय आएको छ । धार्मिक तथा अनुसन्धानात्मक यात्राको सम्भावना प्रबल देखिन्छ । मन्दिर तथा धार्मिकस्थलमा टिका प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । थोरै लगानीबाट ठूलो लाभ प्राप्त गर्न सकिने संकेत छ । आर्थिक रूपमा सबल हुने दिन हो ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
भौतिक वस्तु तथा सवारीसाधनको कारोबारमा सावधानी अपनाउनु होला । आफन्त र साथीभाइसँग मनमुटाव सिर्जना हुने सम्भावना छ । नयाँ लगानीको समय नरहेकोले हालको कार्यमा निरन्तरता दिनु उपयुक्त हुनेछ । प्रेम सम्बन्धमा विश्वासको कमीले टकराव आउन सक्छ । खानपानमा लापरवाही नगर्नुहोस्, स्वास्थ्य समस्या उत्पन्न हुन सक्छ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
व्यापार भावमा गोचर गर्ने चन्द्रमाले शेयर बजारमा लगानी गर्न प्रोत्साहन दिनेछ । यसबाट प्रशस्त धन आर्जन गर्न सकिनेछ । राजनीति तथा सरकारी निकायसँगको सम्बन्ध लाभदायक रहनेछ । पढाइमा मन जानेछ । प्रेम सम्बन्धमा निकटता बढ्नेछ भने वैवाहिक जीवन पनि सुखद रहनेछ । कीर्तिमानी कार्य गर्दै नाम कमाउन सकिनेछ ।

तपाईंको दिन शुभ रहोस् ।