ब्राह्म मुहूर्तको समय र आजको राशिफल

आज बिहान ४ बजेर २६ मिनेटदेखि बिहान ५ बजेर १४ मिनेटसम्म ब्राह्म मुहूर्त रहनेछ । यो समय आध्यात्मिक अभ्यास, ध्यान, मन्त्र जप तथा सकारात्मक कार्यहरू आरम्भ गर्नका लागि अति शुभ मानिन्छ ।

राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
पराक्रम बढ्नेछ । उद्योग तथा व्यवसायमा लगानी गरेमा राम्रो नाफा कमाउन सकिनेछ । दाजुभाइ तथा इष्टमित्रबाट सहयोग पाइने हुँदा मन प्रसन्न हुनेछ । छोटो दुरीको रमाइलो यात्रा तय गर्न सकिनेछ । प्रेम सम्बन्ध प्रगाढ हुनेछ भने दाम्पत्य जीवनमा खुसी छाउनेछ । शुभ तथा माङ्गलिक समारोहमा सहभागी भई स्वादिष्ट भोजन गर्ने अवसर मिल्नेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउनेछ । खोज तथा अनुसन्धानमा खर्चिएको समयबाट सकारात्मक नतिजा आउनेछ । आम्दानी दिने व्यवसायमा लगानी बढाउन सकिनेछ । बैङ्क तथा वित्तीय क्षेत्रमा लगानी गरेर आम्दानी गर्न सकिनेछ । प्रविधिको प्रयोगद्वारा आफ्ना भनाइ जनमानसमा पुर्‍याउन सकिनेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
पुराना कामबाट लाभ लिन सकिनेछ । व्यापार तथा शेयर बजारबाट राम्रो नाफा कमाइनेछ । समयको सदुपयोग गरी रचनात्मक काममार्फत समाजमा नाम कमाउन सकिनेछ । साथिभाइको सहकार्यले सफलता मिल्नेछ । प्रेम प्रस्तावहरू प्राप्त हुनेछन् । विद्यार्थीहरूले राम्रो प्रगति गर्दै गुरुवर्ग तथा अभिभावकलाई खुसी बनाउन सक्नेछन् ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
समय सामान्य रहेको छ । पढाइमा सोचेजस्तो प्रगति नहुन सक्छ । खानपान र वातावरणको ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ । प्रेम सम्बन्धमा धोका वा मनमुटाव हुन सक्छ । कानुनी वा प्रशासनिक मामिलामा सजग रहनुहोला । यद्यपि, विदेशी वस्तु तथा लामो दुरीको यात्रा सफल हुनेछ । विदेशमा रहेका व्यक्तिका लागि समय शुभ रहनेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
पैतृक सम्पत्तिको सदुपयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ । वित्तीय क्षेत्रमा लगानी गर्दा लाभदायक हुनेछ । विद्यार्थीहरूको लागि समय उत्तम छ । मनोकांक्षा तथा लक्ष्य प्राप्त हुने सम्भावना छ । पढाइ लेखाइमा सफलता मिल्नेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
शुभचिन्तक र परिचितको सहयोगले कार्यक्षेत्रमा सफलता मिल्नेछ । नाम र दाम दुवै कमाउने अवसर प्राप्त हुनेछ । पुर्खौली सम्पत्तिबाट लाभ हुने सम्भावना छ । पुराना विवाद सुल्झाउने महत्वपूर्ण भूमिका तपाईंको रहनेछ । अध्ययन र प्रणय सम्बन्धमा सुधार आउनेछ । सामाजिक र राजनीतिक क्षेत्रमा समेत सशक्त उपस्थिति देखिनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
सानो प्रयासबाट ठूला उपलब्धि प्राप्त गर्न सकिनेछ । अध्ययन, अनुसन्धान र प्रेम सम्बन्धका लागि समय अनुकूल छ । व्यापार व्यवसायमा प्रगति हुनेछ । धार्मिक यात्राको सम्भावना छ । किनमेल तथा मनोरञ्जनमा समय बित्नेछ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
व्यापारमा समय खर्चिए पनि आम्दानी कम हुन सक्छ । सवारी साधन वा भौतिक सम्पत्ति प्रयोग गर्दा सतर्क रहनुहोला । प्रेम सम्बन्धमा दूरी बढ्न सक्छ । परिवारमा मनमुटाव हुने सम्भावना छ । स्वास्थ्यमा पनि समस्या आउन सक्छ । पढाइमा समय दिए मात्र सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
व्यापार सम्बन्धी छोटो दुरीको यात्रा हुने सम्भावना छ । व्यवसायमा लगानी गरेर नाफा लिन सकिनेछ । प्रविधिको प्रयोग गरी आम्दानी गर्न सकिनेछ । कला, साहित्य, सङ्गीत तथा लेखनमा रुचि बढ्नेछ । प्रेम सम्बन्धमा विश्वास बढ्नेछ । दाम्पत्य जीवनमा मिठास आउनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
स्रोत साधन जुटाएर नयाँ काम थालनी गर्न सकिनेछ । व्यापारमा वृद्धि हुनेछ । प्रतिस्पर्धामा अग्रस्थान कायम गर्न सकिनेछ । अध्ययनमा गरेको मेहनतबाट राम्रो परिणाम प्राप्त हुनेछ । खाद्यान्न, निर्माण, अटो पार्टस् तथा शेयर बजारमा लगानी लाभदायक हुनेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
बौद्धिक क्षमताको प्रयोग गरी आत्मविश्वास बढाउन सकिनेछ । मन परेका व्यक्तिबाट यात्रा वा उपहारको प्रस्ताव आउनेछ । आफन्त तथा सन्तानबाट सहयोग पाइनेछ । वित्तीय क्षेत्रमा लाभ मिल्नेछ । सुखद समाचार प्राप्त हुनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
आफन्त टाढिने वा दाम्पत्य सम्बन्धमा सामान्य मनमुटाव देखिन सक्छ । अध्ययनमा समय दिन नसक्दा प्रगति रोकिन सक्छ । सामाजिक तथा राजनीतिक कार्यमा जनताको आलोचनात्मक समर्थन पाइनेछ । व्यवसायमा लाभका लागि धेरै समय र श्रम दिनुपर्नेछ । कृषि तथा पशुपालनलाई आधुनिकीकरण गरेमा राम्रो आम्दानी गर्न सकिनेछ ।

तपाईंको दिन शुभ रहोस् ।