काठमाडौँ ।

यस वर्षको मनसुन नेपालबाट पूर्ण रूपमा समाप्त भइसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी अधिकांश भूभागमा मौसम मुख्यतः सफा छ ।

आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ । कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ ।

आज राति कोशी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्यत्र मौसम मुख्यतः सफा रहनेछ ।