बिहान ४ बजेर २६ मिनेटदेखि बिहान ५ बजेर १४ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
खाद्यान्न तथा होटल–रेस्टुरेन्टको लगानीबाट मनग्गे आम्दानी हुनेछ । निर्माण सामग्री, गरगहना तथा औषधिजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ भने रमाइलो स्थानको यात्रा गर्ने अवसर जुर्नेछ । मनोरञ्जन तथा पारिवारिक यात्रामा समय खर्च हुनेछ । अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा लामो दूरीको यात्राको योग रहेको छ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने योग रहेको छ । व्यापार व्यवसाय फस्टाएर जाने भएकाले आर्थिक क्षेत्र बलियो हुनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ । पढाइ–लेखाइमा मन जाने भएकाले नतिजा आफैतिर ल्याउन सकिनेछ । सुख–दुःखमा साथ दिनेहरू प्रशस्त भेटिने हुँदा मन प्रसन्न रहनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
आफन्त तथा अग्रजहरूसँग विवाद सिर्जना हुनेछ । गैर–न्यायिक काम नगर्नुहोला, दण्ड तथा जरिवाना हुने समय रहेको छ । स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढ्नेछ । माया प्रेममा धोका हुनेछ भने पढाइ–लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । तर पनि विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने कर्म प्राप्तिको लागि लामो दूरीको विदेश यात्रा हुनेछ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
स्रोत–साधन जुट्नाले राम्रा काम गरी नाम कमाउन सकिनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरू सम्पादन हुने तथा नयाँ जिम्मेवारी थपिनेछ । व्यापार व्यवसाय फस्टाउनाले आम्दानी बढ्नेछ । अध्ययनमा सुधार हुने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ । खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
व्यवसायलाई समय सापेक्ष परिमार्जन गरी मनग्गे आम्दानी गर्न सकिनेछ । माता–पिताको धन तथा सम्पत्ति प्रयोग गरी लाभ लिन सकिनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाउनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने योग रहेको छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
सामाजिक तथा परोपकारी कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । व्यापारमा आज गरिने लगानीबाट भविष्यमा राम्रो नाफा कमाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगति हुन सक्ने भएकाले मन प्रसन्न हुनेछ । राजनीतिज्ञले जनताको काम गरी पद प्राप्त गर्ने समय रहेको छ । प्रेमील जोडीहरूका लागि समय उत्तम रहेको छ । साँझपख लामो दूरीको यात्रा हुने योग रहेको छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । अप्रिय घटना नहोला भन्न सकिन्न । माया प्रेममा धोका तथा अविश्वास हुनेछ । खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउनेछ । सानातिना घरेलु समस्या सुल्झाउँदा सुल्झाउँदै समय बित्नेछ । आफन्त तथा चेली–माइतीबीच मनमुटाव सिर्जना नहोला भन्न सकिन्न ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
प्रेमको बन्धन कसिलो हुने तथा जीवनसाथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार विस्तारको सिलसिलामा यात्राको तय हुनेछ । ईष्टमित्र तथा सहयोगीको साथ पाइने भएकाले दैनिकी सहज रूपमा बित्नेछ । भौतिक स्रोत–साधनको प्रयोग गरी अपडेट हुन सकिनेछ भने पढाइ–लेखाइमा प्रगति हुनेछ । खानपान तथा मनोरञ्जनमा साँझको समय व्यतीत हुनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
व्यापार व्यवसायमा लगानी बढाएर प्रशस्त आम्दानी गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ । दाम्पत्य जीवनको गाँठो अझ मजबुत हुनेछ । मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । लामो दूरीको यात्राको अधिक सम्भावना रहेको छ । यात्राबाट सकारात्मक उपलब्धि हात पर्नेछ । वाद–विवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाइ–लेखाइमा अग्रस्थानमा रहन सकिनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
अध्ययनमा मन जानेछ । अध्ययनकै सिलसिलामा लामो दूरीको यात्राको तय हुन सक्छ । घरायसी प्रयोजनका लागि भोगविलासका सामानहरूको खरिद गर्ने समय रहेको छ । व्यापार व्यवसाय फस्टाएर जानेछ । उपहारको रूपमा विलासी वस्तु हात लाग्नेछ । प्रेम सम्बन्ध सुदृढ हुनेछ । छुट्टिएका सम्बन्ध पुनः सुचारु हुने योग रहेको छ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
नयाँ काम सुरु गर्नुभन्दा पुराना कामहरूलाई निरन्तरता दिनु श्रेयस्कर हुनेछ । चाहँदा–चाहँदै पनि घरायसी सुख–सुविधा प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रनाले राजकीय सम्मानको अवसर टर्नेछ । राजनीतिमा प्रतिस्पर्धी हावी हुनेछन् । छातीसम्बन्धी समस्या देखिन सक्छ, जसले काम गर्न असहज बनाउनेछ । घरपरिवार तथा साथीभाइबाट टाढिएर परदेश जानुपर्ने स्थिति आउन सक्छ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
छोटो दूरीको आन्तरिक यात्राको योग रहेको छ । दाजुभाइबाट सहयोग प्राप्त हुने भएकाले लगानी बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । सकारात्मक सोचको माध्यमबाट रूढिवादी परम्पराको चिरफार गर्न सकिनेछ । लेखनकलाको माध्यमबाट अन्धविश्वास चिर्दै समाज रूपान्तरणमा सक्रिय भूमिका खेल्न सकिनेछ । खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

तपाईंको दिन शुभ रहोस् !